ghar sansar

लिटिल बुद्धका विद्यार्थीलाई डीएलए कञ्चनपुरको कानुनी सचेतना

khasi

महेन्द्रनगर । डेमोक्रेटिक लयर्श एशोसिएशन (डीएलए) कञ्चनपुरले लिटिल बुद्ध एकेडेमीका कक्षा ११ का विद्यार्थीहरुका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरेको छ ।

दुई दिने कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद्का पार्षद अधिवक्ता टेक बहादुर कठायत, उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष अधिवक्ता भुपेन्द्र बहादुर विष्ट, नेपाल डेमोक्रेटिक लयर्श एशोििएसनका पूर्व केन्द्रिय सदस्य अधिवक्ता उद्धब राज भट्ट, एसोसिएनका जिल्ला अध्यक्ष अधिवक्ता देबराज पन्त र जिल्ला सचिप महेशराज भट्टले विभिन्न कानुनी विषयमा विद्यार्थीहरुलाई जानकारी दिए ।

dirghayi clinic

एशो;िएशनका जिल्ला अधक्ष्य पन्तले अहिले युवा पुस्ता बिभिन्न अपराधमा संलग्न भएको पाईएको लागु औषधको कुलतमा फसी राखेको अवस्था देखिएको हुँदा सो बिषयमा सचेतना एकदमै आवश्यक देखिएकोले सोको लागि संस्थाले सानो प्रयास सचेतना कार्यक्रम सञ्चालन गरेको बताए ।

कार्यक्रममा अध्यक्ष पन्तले सचेतना कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

विद्यालयमा कार्यक्रम सञ्चालन गरिएकोमा धन्यबाद समेत दिईएको र आगामी दिनमा पनि कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने वाचा विद्यालयले गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...