ghar sansar

जेन जी आन्दोलनमा सरकारी वकिल कार्यालय आगजनी र तोडफोड गर्ने विरुद्ध जाहेरी, अन्यले पनि धमाधम दिँदै

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कार्यालयमा भएको आगजनी र तोडफोडबारे छानबिन गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो ।

न्यायाधिवक्ता फटिकराज मुडभरीका अनुसार आन्दोलनकारीले कार्यालयको भुइँतलामा आगजनी गर्दै कम्प्युटर, फर्निचर र सिसिटिभी लगायतका उपकरण तोडफोड गरेका थिए, जसबाट करिब १३ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। महत्वपूर्ण फाइल वा मिसिलमा भने क्षति पुगेको छैन ।

,orning glory badhai
dirghayi clinic

मुडभरीका अनुसार आन्दोलनकारीले सुरुमा सिसिटिभी तोडफोड गरेका कारण उनीहरूको पहिचान तत्काल सम्भव नभएको भए पनि वरिपरिका सिसिटिभी फुटेजको सहायताले पहिचान गर्न सकिने छ। “तोडफोड गर्नेको छानबिन र आवश्यक कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छौँ,” मुडभरीले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले पनि सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोडको विषयमा जाहेरी दर्ता भएको पुष्टि गर्दै, भदौ २४ गते साँझ कार्यालय बन्द अवस्थामा आगजनी भएको प्रारम्भिक तथ्यले देखाएको बताए । उनका अनुसार वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अघि बढाइनेछ ।

कञ्चनपुरका अन्य कार्यालय र निजी घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी उजुरीमा पनि छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...