
महाधिवेशन प्रतिनिधि छनोटका लागि एमाले क्षेत्रीय समन्वय कमिटीका बैठक बस्दै, बेलौरीमा क्षेत्र नं. १ को बैठक सुरु


महेन्द्रनगर । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि आज क्षेत्रीय समन्वय कमिटीका बैठक बस्न लागेका छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कमिटीको बैठक बेलौरीमा सुरु भएको छ ।
बैठकमा एमाले केन्द्रीय सदस्य कमला बोहरा लगायतका नेताहरु सहभागी छन् । बैठक बेलौरीस्थित सिद्धार्थ फिस रिसोर्टमा राखिएको छ । क्षेत्र नं. १ बाट खुल्ला, युवा र महिला गरी ५ महाधिवेशन प्रतिनिधि छनोट हुने छन् ।

एमाले निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटीका संयोजक पल्लवराज भट्टले सोमबार बैठकमा उपस्थितिका लागि आव्हान गरेका थिए ।क्षेत्रीय संयोजक भट्ट एमाले कञ्चनपुरका उप सचिव हुन् ।
निर्वाचन क्षेत्र नं. ३ को बैठक दिउँसो र २ को विहान १० बजेदेखि बस्ने तयारी गरिएको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठक एमाले पार्टी कार्यालय र २ को बैठक झलारीस्थित उद्योग बाणिज्य संघमा बस्न लागेको छ ।
बैठकमा समन्वय कमिटीका सदस्य, आमन्त्रित सदस्य, एमालेबाट निर्वाचित प्रतिनिधिस सभा÷प्रदेश सभा सदस्यहरु, पालिकाका प्रमुख÷उपप्रमुख र वडा अध्यक्षलाई बैठकमा उपस्थितिमा आग्रह गरिएको छ ।

समन्वय कमिटीमा सम्बन्धित क्षेत्रभित्रका एमाले जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी र वडा कमिटीका अध्यक्ष सदस्य छन् ।
बैठकमा महाधिवेशन प्रतिनिध छनोटका लागि आवश्यक तयारी सम्बन्धि छलफल गर्ने बताइएको छ ।
एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे निर्वाचन क्षेत्र नं. ३ क्षेत्रीय समन्वय कमिटीको बैठक बस्ने तयारी गरिएको छ ।
क्षेत्रीय समन्वय कमिटीका संयोजक एमाले कञ्चनपुरका उप सचिव राजीब खड्काले बैठकमा उपस्थितिमा आव्हान गरेका छन् ।
एमाले निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय समन्वय कमिटीका संयोजक अशोक कुमार चन्दले बैठकमा उपस्थितिमा आव्हान गरेका थिए ।
संयोजक चन्दले प्रतिनिधि चयन लगायत विविध बिषयमा छलफल गर्नु बैठक आव्हान गरिएको जानकारी दिएका छन् ।
एमाले ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट १६ जना प्रतिनिधि छनोट हुने भएका छन् । त्यसमा निर्वाचन क्षेत्र नं. १ र २ बाट ५÷५ जना र ३ बाट ४ जना तथा मुक्ति समाजबाट २ जना महाधिवेशन प्रतिनिधि छनोट हुने छन् ।
