ghar sansar

एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि कञ्चनपुरमा निर्वाचन कार्य तालिका सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका प्रतिनिधि छनोट गर्न तीन ओटै निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटीले मंगलबार दिउँसो निर्वाचन कार्यकतालिका सार्वजनिक गरेका छन् । कार्यतालिका सार्वजनिक अघि तीन ओटै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय कमिटी बैठक बसेको थियो ।

,orning glory badhai

एमाले कञ्चनपुरले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ । त्यसका लागि सोमबार सचिवालय बैठकले निर्वाचन कमिटी गठन गरेको थियो । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

dirghayi clinic

एमाले महाधिवेशनबाट कञ्चनपुरबाट तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ प्रतिनिधि छनोट हुने छन् ।

निर्वाचन क्षेत्र २ र १ बाट सबैभन्दा बढी ५÷५ प्रतिनिधि चयन हुने छन् । त्यसमा खुल्ला २, महिला २ र युवा १ जना प्रतिनिधि चयन हुने छन् । निर्वाचन क्षेत्र नं. ३ बाट ४ जना र दलितबाट २ जना प्रतिनिधि चयन हुने छन् । क्षेत्र नं. ३ बाट २ खुला, १ महिला र एक युवा प्रतिनिधि छनोट हुने छन् । दलित प्रतिनिधिका २ जनामा १ महिला र १ पुरुष छन् ।

निर्वाचन कार्यतालिका सार्वजनिक अघि भएका क्षेत्रीय समन्वय कमिटी बैठकमा प्रतिनिधि छनोट सम्बन्धि छलफल गरिएको छ । सबै क्षेत्रका बैठकमा प्रतिनिधि छनोट सर्वसम्मत बनाउने जोड दिइएको छ ।

निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय समन्वय कमिटीका संयोजक एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बैठकमा प्रतिनिधि छनोट सर्वसम्मत रुपमा गर्न पर्नेमा जोड दिइएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...