

महेन्द्रनगर । महकाकाली नदीमा दिउँसोदेखि वेपत्ता भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज) खोजी कार्यमा खटिएको नेपाली सेना र प्रहरीको टोली फर्किएको छ ।
खोज तथा उद्धार सामाग्री सहित वेपत्ता नेपालीको खोजीमा खटिएको सैनिक टोली राति अँध्यारो भएपछि फर्किएको छ । खोजीका लागि सेनाको टोली बराहदल गुल्म इलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो ।



भीनपा १२ ओदालीका २० वर्षिय दमाई मंगलबार दिउँसो महाकाली नदीको चार लेन पुल नजिकबाट नदीमा वेपत्ता भएका छन् ।
भीमदत्त नगरपालिका विपद् फोकल पर्सन मनोज भट्टले खोजी कार्यमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए ।

वेपत्ता नेपालीको खोजीका लागि सेना सहित सुरक्षा निकाय खोज तथा उद्धार सामाग्री लिएर दिउँसो महाकाली पुगेका थिए । मंगलबार साँझसम्म वेपत्ता नेपाली भेटिएका छैनन् ।

