

महेन्द्रनगर । एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि कञ्चनपुरमा उम्मेदवारी दर्ता सुरु भएको छ । तीन निर्वाचन क्षेत्र र उत्पीडित क्लष्टरबाट ११ औं महाधिवेशनका लागि १६ प्रतिनिधि निर्वाचित हुने भएका छन् । मंसिर १३ गते जिल्लाभर यी सबै प्रतिनिधि चयन गर्न लागिएका छन् ।
अहिले सबै तीन ओटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । क्षेत्र न. ३ मा उम्मेदवारीका लागि फराम वितरण गरिएको छ । विहान १० बजेसम्म फाराम वितरणको समय तोकिएको थियो ।

फाराम वितरणपछि उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । कार्कीका अनुसार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता समय राखिएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा फाराम वितरण सुरु गरिएको छ । त्यहाँ दिउँसो ४ बजेसम्म फाराम वितरण र ५ बजे उम्मेदवारी दर्ता समय राखिएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि सर्वसम्मत बनाउन फाराम वितरण समय ४ बजेसम्म राखिएको छ ।
अहिले नेताहरु सर्वसम्मत प्रतिनिधि चयनका लाग छलफलमा लागेका छन् । निर्वाचन क्षेत्र नं. ३ मा ४ प्रतिनिधिका लागि २१ फाराम वितरण भएका छन् ।
उत्पीडित क्लष्टरतर्फ २ प्रतिनिधिका लागि फाराम वितरण गरिएको छ । जिल्लाभरका उत्पीडित सदस्यका लागि एमाले पार्टी कार्यालयमा निर्वाचन केन्द्र राखिएको छ ।
उत्पीडितमा महिलातर्फ लक्ष्मी विक एक जनाले मात्रै फराम लगेका उनी निर्विरोध हुने भएकी छन् । विक एमाले सुदूरपश्चिम कमिटी सचिवालय सदस्य हुन् ।
यसैगरी निर्वाचन क्षेत्र नं २ को झलारीमा महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
