

महेन्द्रनगर । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी बिक ११ महाधिवेशनका लागि निर्विरोध प्रतिनिधि छनोट भएकी छन् ।
विक दलित क्लष्टरबाट प्रतिनिधि चयन भएकी हुन् । कञ्चनपुरबाट दलित क्लष्टरमा महिला र पुरुष गरी दुई जना प्रतिनिधि चयन हुन लागेका छन् । महिलातर्फ विक निर्विरोध भएकी छन् ।

एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् ।

पुरुषमा दुई जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमा भारमल सुनार र आरपी सार्की छन् । उनीहरु दुबै पुनर्वास नगरपालिकाका हुन् ।
एमालेको महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड अनुसार कञ्चनपुर जिल्लाभरका दलित सदस्यका लागि एमाले पार्टी कार्यालयमा निर्वाचन कार्यालय राखिएको छ ।
जिल्लाभर ७ सय ३२ दलित समुदायका सदस्य छन् । उनीहरु मतदानमा सहभागी हुन पाउने छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले पुरुषमा निर्विरोधका लागि छलफल थालिएको बताए ।

