ghar sansar

कञ्चनपुरमा एमाले महाधिवेशनका १६ प्रतिनिधिका लागि ४० नेताको उम्मेदवारी दर्ता, सबै क्षेत्रमा सर्वसम्मतको प्रयास

आज साँझसम्म सबै क्षेत्रको अन्तिम उम्मेदवारी सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित हुने १६ प्रतिनिधिका लागि ४० नेताले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

शनिबार हुने महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि बुधबार तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरमा उम्मेदवारी दर्ता गरिएको हो ।

,orning glory badhai

तीन निर्वाचन क्षेत्रमा क्षेत्र नं. २ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । क्षेत्र नं. २ मा ५ प्रतिनिधिका लागि १६ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ र १ मा समान ११र ११ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. ३ बाट ४ र १ बाट ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । यसैगरी दलित क्लष्टरमा दुई जनाका लागि तीनको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं. ३ मा चिनी गिरी र दलित क्लष्टरमा लक्ष्मी विक निर्विरोध भएका छन् । निर्वाचन कमिटीहरुले बुधबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरि सकेको छ ।

क्षेत्र नं. ३ मा एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्ट महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । खुलामा भट्ट सहित ६ जना उम्मेदवार छन् ।

उनीहरुमा महेश प्रसाद पन्त, जनकराज अवस्थी, किशोर कुमार लिम्बु, विष्णु कँडेल र ओमकार पन्त छन् । पन्त एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य, अवस्थी एमाले कञ्चनपुर उपाध्यक्ष र लिम्बु दोधारा चाँदनी नगरपालिकाका मेयर हुन् । कँडेल र पन्त जिल्ला कमिटी सदस्य छन् । महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. ३ बाट खुलामा २ जना निर्वाचित हुने छन् ।

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ चिनी गिरीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कमला भट्ट आकाँक्षी थिइन् । गिरी र भट्टबीच छलफलपछि सहमतिमा गिरी प्रतिनिधि भएकी छन् ।

गिरी दोधारा चाँदनी नगरपालिकाकी निवर्तमान उप मेयर हुन् । उनी यस अघि नेपालगञ्जमा भएको एमालेको चौथो महाधिवेशनमा प्रतिनिधि भएकी थिइन् । उनी अखिल नेपाल महिला संघकी अध्यक्ष हृुन् । निर्वा्चन समितिले गिरीको निर्विरोध भएको आधिकारिक रुपमा घोषणा गरेको छैन ।

निर्वाचन क्षेत्र नं. ३ बाट खुलामा दुई सहित युवा र महिला एक÷एक प्रतिनिधि निर्वाचित हुने छन् । युवामा एक जनाका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुमा ओम बस्नेत, केशब चन्द, श्याम भट्ट र नरेन्द्र सिह कार्की हुन् । युवामा एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द र युवा संघका नेता प्रशान्त भट्ट पनि उम्मेदवार हुने चर्चा थियो । उनीहरु दुबै जना अन्तिम समयमा पछाडि हटेका हुन् ।

dirghayi clinic

क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि एक हजार तीन सय ८२ मतदाता छन् ।

क्षेत्र न. १ बाट निर्वाचित हुने ५ प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र न. १ मा आज साझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ ।

निर्वाचन कमिटीले सार्वजनिक उम्मेदवारको प्रारम्भिक सूचि अनुसार खुला र महिला ४÷४ तथा युवा ३ जनाको उम्मेदवारी परेको छ ।

खुलामा बिर थापा, पल्लवराज भट्ट, फैरु तामाङ्ग र लाल बहदुर चौधरीले उम्मेदवारी दिएका छ्न । उनीहरुमा थापा सूदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन । भट्ट एमाले कंचनपुरका सचिव र तामाङ्ग जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन ।

महिलामा शान्ति तामाङ्ग, पूर्णा गुरुङ्ग, कमला चौधरी र कल्पना गिरि उम्मेदवार छ्न ।

सुरेन्द्र शाही, काशीराज बोहरा र कमल रोकाया युवाबाट प्रतिनिधिका उम्मेदवार छ्न । क्षेत्र न. १ मा २ हजार ८७ मतदाता छ्न ।

कंचनपुर २ मा एमालेका ५ महाधिवेशन प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. २ मा सबैभन्दा बढी उम्मेदवार भएका छन् ।

निर्वाचन कमिटीले बुधवार साझ सार्वजनिक उम्मेदवारको प्रारम्भिक सूचि अनुसार खुल्ला र युवामा सबैभन्दा बढी ६÷६ जनाको उम्मेदवारी परेको छ। तस् दुबैमध्ये खुल्लामा २ र युवामा १ प्रतिनिधि निर्वाचित हुने छ्न ।

२ महिलाका लागि ४ जनाको उम्मेदवारी परेको छ। क्षेत्र न. २ बाट ५ महाधिवेशन प्रतिनिधि चयन हुने भएका छ्न ।
महाधिवेशन प्रतिनिधिमा खुलातर्फ बचन बहादुर सिंह, रण बहादुर महरा, लोकेन्द्र पन्त, लोकेन्द्र ऐरी, कर्ण बहादुर हमाल र अशोक कुमार चन्द छ्न ।
महिलामा पार्वती जोशी, सुशिला सिंह, रमिता राना र लक्ष्मी बुढाको उम्मेदवारी परेको हो । बुढा एमाले कञ्चनपुरका अध्यक्ष हुन् ।

एक युवा सदस्यका लागि प्रबिन बोगटी, गणेश सिंह ऐरी, रमेश भट्ट, कुबेर खड्का, नरेश बहादुर सिंह र शान्ति मल्लले उम्मेदवारी दिएका छ्न । शुक्लाफाटा नगरपालिकाको झलारीमा क्षेत्र न. ३ को निर्वाचन कार्यालय राखिएको छ ।

उम्मेदवारी दर्तापछि सबै निर्वाचन क्षेत्रमा नेताहरु सहमतिका लागि छलफलमा बसेका छन् । छलफल गरी सहमतिमा प्रतिनिधि चयन गर्ने प्रयास थालिएको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताए । सचिव भट्ट पनि प्रतनिधिका उम्मेदवार छन् ।

दलित क्लष्टरका सहमितका लागि उम्मेदवारद्वय भारमल सुनार र आरके सार्कीबीच छलफल गरिने मुक्ति समाजका अध्यक्ष राजेन्द्र आग्रीले बताए ।

निर्वाचन कमिटीहरुका अनुसार आज साँझसम्म सबै क्षेत्रको अन्तिम नामावली सार्वजनिक हुने छ ।

Himal dental
सम्बन्धित
Loading...