
महाधिवेशन प्रतिनिधि सर्वसम्मत बनाउन नेताहरु छलफलमा बसेपछि एमाले क्षेत्र नं. ३ को उम्मेदवारी फिर्ता समय लम्बियो, साँझ ५ बजेसम्म सारियो

महेन्द्रनगर । सर्व सम्मत महाधिवेशन प्रतिनिधि चयनका लागि नेताहरु छलफलमा बसेपछि एमाले क्षेत्र न. ३ का उम्मेवारी फिर्ता समय लम्बिएको छ । निर्वाचन कार्य तालिका अनुसार बिहिबार ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो ।

प्रतिनिधिका उम्मेदवार सहित छलफल थालिएपछि ५ बजेसम्म समय थप गरिएको छ । प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले उम्मेदवारी फिर्ताको समय थप गरिएको बताए । एमाले पार्टी कार्यालयमा नेताहरु सहमतिका लागि छलफल गरि रहेका छन् ।

क्षेत्र नं. ३ मा २ खुल्ला र १ युवा प्रतिनिधिका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुको उम्मेदवारी फिर्ता गराएर सर्वम्मत बनाउन नेताहरु छलफलमा बसेका हुन् ।
क्षेत्र नं. १ र २ मा निर्वाचन कार्यतालिका नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको राखिएको थियो । ती दुबै क्षेत्रमा पनि सर्वसम्मत बनाउन छलफल थालिएको छ ।
