ghar sansar

कञ्चनपुर ३ मा शुक्रबार विहान १० बजेसम्मका लागि सारियो एमाले महाधिवेशन प्रतिनिधि उम्मेदवारी फिर्ता समय

khasi

महेन्द्रनगर । एमाले ११ औं महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन कमिटीले क्षेत्र नं. ३ मा उम्मेदवारी फिर्ता समय शुक्रबार विहान १० बजेसम्मका लागि सारेको छ ।

एमाले पार्टी कार्यालयमा उम्मेदवार सहित नेताहरुले सहमतिका लागि छलफललाई निरन्तरता दिएपछि निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । यस अघि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको कार्य तालिका थियो ।

western public academy
dirhayu

प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले शुक्रबार विहान १० बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेर निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो ।

मंसिर १३ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको थियो । सुरुमा बिहीबार दिउँसो १२ बजे उम्मेदवारी फिर्ता र १ बजे अन्तिम नामावली प्रकाशन गर्ने थियो ।

Himal dental
सम्बन्धित
Loading...