ghar sansar

एमालेको महाधिवेशन प्रतिनिधि छनोटका लागि क्षेत्र नम्बर १ र २ मा पनि शुक्रबार विहान ११ बजेसम्म उम्मेदवारी दर्ता समय सारियो

little buddha academy
khasi

महेन्द्रनगर । नेताहरुले सहमतिका लागि छलफल सुरु गरेपछि एमालेको महाधिवेश प्रतिनिधि छनोटको निर्वाचन कार्य तालिका संशोधन गरिएको छ । निर्वाचन क्षेत्र नं. १ र २ मा शुक्रबार विहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय राखेर संशोधन गरिएको छ ।

dirghayi clinic

ती दुबै क्षेत्रका नेताले सर्वसम्मत प्रतिनिधि बनाउन दिनभरि छलफल जारी राखेका छन् ।

,orning glory badhai

एमाले केन्द्रीय सदस्य नर बहादुर धामीले सहमतिका लागि भोलि बिहान ११ बजेसम्म प्रयत्न गरिएको र त्यसलाई भोलि बिहानसम्म निरन्तरता दिइने बताए । धामीले सर्वसम्मत चयन हुने आशा व्यक्त गरे । धामी लगायतका नेताहरु क्षेत्र नं. २ मा सर्वसम्मत प्रतिनिधि चयनका लागि छलफलमा गरि रहेका छन् ।

यसैगरी क्षेत्र नं. १ मा पनि सर्वसम्मत बनाउन छलफललाई जारी राखिएको केन्द्रीय सदस्य कमला बोहराले बताइन् ।
ती दुबै क्षेत्रमा बिहीबार साँझ ५ बजे उम्मेदवारी फिर्ताको निर्वाचन तालिका थियो ।

Himal dental
सम्बन्धित
Loading...