ghar sansar

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागि कञ्चनपुर ३ मा निर्वाचन, ३ प्रतिनिधिका लागि ७ जना प्रतिस्पर्धी, भोलि मतदान हुने

little buddha academy
khasi

महेन्द्रनगर । एमालेको ११ औ महाधिवेशन प्रतिनिधि छनौटका लागि कंचनपुर क्षेत्र न. ३ मा निर्वाचन हुने हुने भएको छ ।

प्रतिनिधि चयन सर्वसम्मत बनाउने नेताहरूको प्रयास सफल हुन नसकेपछि मतदानबाट प्रतिनिधि छनौट हुन लागेको हो। शनिबार एमाले पार्टी कार्यालयमा मतदान हुने छ ।

,orning glory badhai

यस अघि सर्वसम्मत बनाउन निर्वाचन कार्यतालिका पटक पटक संशोधन गरी उम्मेदवारी फिर्ता समय शुक्रबार दिउसो १ बजेसम्म पुगाइएको थियो ।

उम्मेदवारी फिर्ता समयभित्र उम्मेदवारी फिर्ता गरी सर्वसम्मत बनाउन नेताहरूले अन्तिमसम्म छ्लफल गरेका थिए । सहमति हुन नसकेपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीका अनुसार खुलामा २ र युवामा १ जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवारी फिर्तापछि खुलामा ४ र युवामा ३ उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा देखिएका छ्न ।

dirghayi clinic

खुलामा २ जनाका लागि एमाले पूर्व साङ्सद डा. दिपक प्रसाद भट्ट, महेश पन्त, जनक राज अवस्थी र बिष्णु कडेल उम्मेदवार भएका छ्न ।

खुलामा किशोर कुमार लिम्बु र ओमकार पन्तको उम्मेदवारी फिर्ता भएको हो । युवामा १ प्रतिनिधिका लागि ओम बस्नेत, केशब चन्द र नरेन्द्र सिंह कार्की उम्मेदवार छ्न । श्याम भट्टले युवामा उम्मेदवारी फिर्ता लिएका हुन् ।

महिला प्रतिनिधि यस अघि निर्विरोध भइ सकेकी छ्न । १ जना महिला प्रतिनिधिका चिनी गिरीको एकल उम्मेदवारी परेको थियो ।

बुधबार उम्मेदवारी दर्ता गरिएको थियो । ख्ला, युवा र महिला १२ जनाको उम्मेदवारी परेको हो । त्यसमा महिला बाहेकब खुला र युवामा ४ जनाको उम्मेदवारी फिर्तापछि सात जना चुनावी मैदानमा आएका छन् ।

गिरी दोधारा चाँदनी नगरपालिकाकी निवर्तमान उप मेयर हुन् । उनी यस अघि नेपालगञ्जमा भएको एमालेको चौथो महाधिवेशनमा प्रतिनिधि भएकी थिइन् । उनी अखिल नेपाल महिला संघकी अध्यक्ष हृुन् ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि एक हजार तीन सय ८२ मतदाताले मतदान गर्न सक्ने छन् । कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् ।

Himal dental
सम्बन्धित
Loading...