

महेन्द्रनगर । नेकपाका एकता सन्देश सभामा नेता डाक्टर भीम रावलले नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो दल हुने दाबी गरेका छन् ।

‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ। चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं,’ धनगढीमा आयोजित सभामा रावलले भने ।

पार्टीका संयोजक पुष्पकमद दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपाल उपस्थित पार्टी एकता सन्देश सभामा नेता रावलले देशको मुहार फेर्न नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको बताएका छन् ।
ओलीले विगतमा दुई÷दुई पटक संसद विघटनको प्रयास गरेको सन्दर्भ कोट्याउँदै नेता रावलले ओलीले पार्टी सदृढ र लोकतान्त्रिक बनाउने १० बुँदे सहमतिलाई लत्याएको बताएका छन् । उनले एमालेले विपरित सिद्धान्त बोकेको काँग्रेससँग बाडीचुडी खान सत्ताझादेरी गरेको टिप्पणी गरेका छन् ।

