
एमाले महाधिवेशन प्रतिनिधि छनोट : क्षेत्र नं. २ मा खुलामा सहमति, महरा र सिह निर्विरोध, महिला र युवामा सहमतिको प्रयास जारी


महेन्द्रनगर । एमाले महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट खुलातर्फ निर्विरोध भएका छन् । खुलातर्फ ४ जना उम्मेदवार सहमतिमा आएपछि रण बहादुर महरा र बचन बहादुर सिह निर्विरोध भएका छन् ।
निर्वाचन समितिले अझै आधिकारिक रुपमा घोषणा गरेको छैन । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक अशोक कुमार चन्दले सामाजिक सञ्जालमा खुलातर्फ निर्विरोध भएको र युवा र महिलामा सहमतिका लागि छलफल जारी राखिएको सार्वजनिक गरेका छन् ।


सहमतिपछि प्रतिनिधिका उम्मेदवार अशोक कुमार चन्द, कर्ण बहादुर हमाल, लोकेन्द्र पन्त र लोकेन्द्र ऐरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
खुलामा महरा र सिह सहित ६ जनाको उम्मेदवारी थियो । बुधबार उम्मेदवारी दर्तापछि नेताहरु सहमतिका लागि छलफल गर्दै आएका छन् ।
महिलामा ४ र युवामा ६ जना उम्मेदवार छन् । महिलामा २ र युवा एक जना प्रतिनिधि चयन हुने छन् । क्षेत्र नं. २ को झलारीमा प्रतिनिधि छनौट कार्य भइ रहेको छ ।
