ghar sansar

एमाले महाधिवेशन प्रतिनिधि चयन निर्वाचन : दलित क्लष्टरमा २९६ मत खस्यो

khasi

महेन्द्रनगर । नेकपा एमाले महाधिवेशन प्रतिनिधिका लागि शनिबार भएको निर्वाचनमा दलित क्लष्टरमा २९६ मत खसेको छ ।

एमाले पार्टी कार्यालयमा दलित क्लष्स्टरको मतदान भएको छ । दलिततर्फ ७ सय ५१ मतदाता थिए । दलितबाट निर्वाचित हुने दुई महाधिवेशन प्रतिनिधिमा एक जना चयनका लागि निर्वाचन भएको छ । महिला सदस्यमा लक्ष्मी विक निर्विरोध भएकी थिइन् ।

western public academy
dirhayu

एक सदस्यका लागि भारमल सुनार र आरपी सार्की उम्मेदवार छन् । उनीहरुबीच सहमति खोजेर निर्विरोध बनाउन अन्तिमसम्म प्रयास गरिएको थियो ।

यसैगरी क्षेत्र नम्बर ३ को खुला तथा युवा तर्फ ८१६ मत खसेको छ । खुला तथा युवा तर्फ १३८२ मध्ये ८१५ मत खसेका छन । खुला तर्फ ६० प्रतिशत र दलित तर्फ ४० प्रतिशत मत मात्रै खसेको जानकारी निर्वाचन अधिकृत अर्जुन कार्कीले बताए ।

    

Himal dental
सम्बन्धित
Loading...