ghar sansar

एमाले पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिनिधलाई प्रमाण पत्र वितरण

khasi

महेन्द्रनगर । एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाले केन्द्रीय सदस्य सहित जिल्ला पदाधिकारी सहित सहभागी कार्यक्रममा उनीहरुलाई निर्वाचन समितिहरुले प्रतिनिधिको प्रमाण पत्र प्रदान गरिएको छ ।

एमालेको ११ औं महाधिवेशनका लागि कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना निर्वाचित भएका छन् । निर्वाचित बाहेक केन्द्रीय कमिटी, मजदुर, विभाग सहितका गरी २७ प्रतिनिधि महाधिवेशनमा प्रतिनिधि हुने छन् ।

western public academy

एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले सबै क्षेत्र र दलित क्लष्टरका प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय निरुदेबी पाल, राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना लगायतका नेता सहभागी भएका छन् ।

निर्वाचन क्षेत्र नं. २ बाट सबै प्रतिनिधि सर्वसम्मत निर्विरोध भएका छन् । क्षेत्र नं. ३ मा महिला बाहेक खुला र युवा निर्वाचनबाट निर्वाचित भएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मत सहित वीरबहादुर थापा निर्वाचित भएका छन् ।

dirhayu

महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भए । युवामा काशीराम बोहरा निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक हजार ६० मत खसेको थियो ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर दुईमा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको थियो छ । खुला सदस्यका लागि रणबहादुर महरा र बचन बहादुर सिंह सर्वसम्मत भएका छन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् । युवा तर्फबाट पनि प्रविन बोगटी चयन गरिएका छन् ।

क्षेत्र नं. २ मा सहमतिमा प्रतिनिधि चयनका लागि केन्द्रीय सदस्य सहितको सहजीकरण समितिलाई जिम्मा दिएपछि शनिबार राति महिला र युवा महाधिवेश प्रतिनिधिको नाम घोषणा गरिएको हो । खुलातर्फका महरा र सिहका लागि उम्मेदवारी दर्तापछि सहमति भएको थियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपक प्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित भएका छन् ।

खुला सदस्यका लागि चार जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महेश राज पन्तले ३०७ मत र विष्णु कडेलले २९५ मत प्राप्त ल्याएका छन् ।

यसैगरी, दलित तर्फबाट प्रतिनिधि छनोटका लागि चार जनाबिच भएको प्रतिस्पर्धामा आरपी सार्की १७२ मत सहित निर्वाचित भएका छन् । यसैगरी युवा तर्फ ३५१ मतसहित ओम बस्नेत निर्वाचित भएका छन् ।

तीन उम्मेदवारबिच भएको प्रतिस्पर्धामा नरेन्द्र कार्कीले २५८ र केशव चन्दले १६४ मत ल्याएका छन् ।

प्रतिनिधि छनोटका लागि मङ्सिर ११ गते मनोनयन दर्ता गरिएको थियो । नेकपा एमालेले काठमाडौँमा यही मङ्सिर २७ देखि २९ गते सम्म पार्टीको ११ औँ महाधिवेशन हुन लागेको हो ।

यस अघि १० औं महाधिवेशनका लागि कञ्चनपुरबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...