

महेन्द्रनगर । कञ्चनपुरमा एकै १३९ रुख कटान गरेर गायब पारिएका छन् । गरिएका छन् । तीमध्ये अधिकाँश रुख गायब छने । अन्य रुपमा वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् ।

गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको हो ।
उक्त कार्यालयका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा मुढा मात्रै छोडिएको छ ।
यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थानीयहरूको समूहले ती रुखहरू काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसी बताउँछन् ।
यहाँका स्थानीयहरूले उक्त क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुखहरू कटान गर्नुपर्ने भएपछि जन प्रतिनिधिको आदेसमा ती रुखहरू काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसी बताउँछन् ।
रुख कटानको आदेश दिने जनप्रतिनिधि माथी सोधपुछ भइरहेको उनले बताए । वडा अध्यक्ष लाई दुई घण्टा होल्डमा राखेर पनि वास्तविकता बाहिर ल्याइने डिभिजन प्रमुख डिसीले बताए ।
कजेज भवन निर्माणका लागि यस अघि मंसिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना सँग कोरियाली संस्थाका प्रतिनिधिहरुले गौरीघाट वन क्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको उनले बताए ।
रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा सामुदायिक वनका पदाधिकारीलाई समेत कुनै जानकारी नदिई अवैध तरिएकाले अराजक समूहले रुख कटान गर्न लगाएको खुल्नमा आएको डिभिजन वन प्रमुख डिसीले बताए ।

नगरप्रमुख र वडा अध्यक्षमाथि सोधपुछ
गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुखहरू काटेको विषयमा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नगर प्रमुख ओझा र वडा अध्यक्ष रानामाथि सोमबारदेखि नियमितरुपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख चन्दले बताए ।
उनीहरु दुबै जनालाई डिभिजन वन कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ ।
छानबिनका अनुसन्धान अधिकृत खटाइए
गौरीघाट सामुदायिक वनमा अबैधतरिकाले एकै पटक १२ दर्जन ठाडो रुखहरू कटान गरेको विषयमा अनुसन्धान गर्न शव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई खटाइएको छ ।
डिभिजन वन कार्यालयले मंगलबार शाहलाई अनुसन्धानका लागि खटाइएको जनाएको हो । तर शाहले भने, उक्त सामुदायिक वनबाट अबैधरुपमा रुखहरू कटान गरिएको विषयमा आफूलाई पुर्व जानकारी नभएको बताए । अनुसन्धानको जिम्मेवारी पाएकाले यस विषयमा अनुसन्धान गरिने बताए ।
कष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले रुख काट्न आफुले आदेश नदिएको बताए । उनले आफुमाथि गलत आरोप लगाएको बताउँदै ‘कटान आदेश पालिकालाई प्राप्त भएको छैन्, यो सामुदायिक वनको जमिनको हो, मैले कटानका लागि कसैलाई आदेश दिने कुरै आउदैँन् ।’
साथै विगतमा पालिककै दुईटा रुख काट्न पनि कटान कटान आदेश लिएको स्मरण गरे ।
पालिकाले प्राविधिक कजेल निर्माणका लागि वडा कार्यालय नं. ७ को कार्यालयको पुर्वतर्फको चार बिघाह जमिनका लागि भोगाधिर लिन मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।
उनका अनुसार गौरी घाट सामुदायिक वनको सो क्षेत्रमा विगत देखि नै स्थानीयले सुकेका रुखहरु काट्दै आएको मेयरको दावि गरे ।

