ghar sansar

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : भुजेलास्थित महाकाली जनज्योति आधारभूत माविमा माइती नेपालको अनुशिक्षण

little buddha academy
khasi

महेन्द्रनगर । प्रविधिको सही प्रयोग गरौःं लैङ्गिक हिंसा अन्त्य गरौं ” भन्ने नाराका साथ माइती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आठौं दिन तथा अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसका अवसरमा भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली जनज्योति आधारभूत माध्यमिक विद्यालय कक्षा ६, ७ र ८ मा अध्ययनरत ३५ जना विद्यार्थी किशोर किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण प्रदान गरेको छ ।

बढ्दो प्रविधि र सुविधा संगै मानव बेचबिखनका घट्नाको स्वरुप समेत परिवर्तन हुदैं गएकोले यस बाट बच्न विद्यालयबाटै आवाज उठाउनु पर्ने हुदां विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको माइती नेपाल कञ्चनपुरकी प्रमुख महेश्वरी भट्टले जानकारी दिइन् ।

,orning glory badhai

पछिल्लो समयमा प्रविधिको दुरुपयोगका कारण मानव बेचबिखनको भयावह अवस्था देखिएकोले सीमा क्षेत्रमा रहेका किशोरकिशोरीहरुलाई सचेत गराउने उद्देश्यले विद्यालयमा कार्यक्रमको गरिएको प्रमुखको भनाई रहेको छ ।

dirghayi clinic

अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा मायाप्रेम सम्बन्ध, मोबाइल फोन लगायत फेसबुक तथा सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा तथा लैङ्गिक बिभेद मानव बेचबिखनका प्रमुख कारण रहेका छन् । सामाजिक सञ्जालमार्फत महिला तथा बालबालिकाहरुलाई सजिलै दलालहरुले फसाउन सक्छन् । आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारतसम्म पु¥याउँछन् । खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको संयोजक भट्टले बताउनुभयो । यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरीरका विभिन्न अंग झिक्नु मानव बेचबिखनको मुख्य उद्धेश्य रहेको बताउदै संयोजक भट्टले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागि हुने हुदाँ मानव बेचबिखन रोकथाममा चुनौती भएको जानकारी दिइन् ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधानका बारेमा सहभागिहरुलाई जानकारी गरार्ईएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई मानव बेचबिखन सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । अहिले आएर मानव बेचबिखनको मुख्य समस्याको रुपमा देखिएकोले सामाजिक सञ्जालको दुरुपयोग र उक्त समस्या निकै चुनौतीफुर्ण बनेको कार्यक्रममा औल्याईको छ ।

कार्यत्रममा सहभागि विद्यार्थीहरुले माइती नेपालले बर्डर नजिक सिमा क्षेत्रमा रहेका हामी जस्ता जोखिममा पर्न सक्ने किशोरकिशोरीहरुलाई लक्षित गरि मानव बेचबिखन विरुद्ध सचेत पार्नु भएकोमा धन्यवाद व्यक्त गरे ।

ऊक्त कार्यत्रममा सोही विद्यालयका शिक्षक बिरेन्द्र राज जोशीले यो हाम्रो विद्यालयमा सिमा नाकामा बसोबास गर्ने विद्यार्थी भाइबहिनीहरु र किशोरावस्थामा रहेका विद्यार्थी भाइबहिनीहरुलाई सही समयमा लैङ्गिक हिंसा, मानव बेचविखन जस्तो जघन्य अपराधका बारेमा जानकारी लगायत बच्ने उपायका बारेमा समेत अनुशिक्षण प्रदान गरिदिनु भएकोमा माइती नेफाललाई धन्यवाद दिदैं यस्ता कार्यक्रमहरु विद्यालयमा आवश्यक रहेको समेत व्यत्त गरे ।

प्रधानाध्यपक तर्कराज जोशीले विद्यालयमा किशोरावस्थाका भाइबहिनीहरुलाई यो अनुशिक्षणले धेरै ठुलो सहयोग पुग्ने बताउंदै समय समयमा यस्ता कार्यक्रमहरु ल्याईदिन समेत आग्रह गरे ।

 

Himal dental
सम्बन्धित
Loading...