


महेन्द्रनगर । प्रहरीले विभिन्न स्थानबाट भन्सार छलीका समान बरामद गरेको छ । भीमदत्त.नगरपालिका ११गड्डाचौकी र दोधारा चाँदनी नगरपालिका ७ पुटपुडे झाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि आएका समान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २ लाख ९ हजार ६ सय रुपैँया मूल्य बराबरको मल खाद, कष्मेटिक, किराना लगायतका सामान बरामद गरिएको छ । ती सबै वेवारिशे अवस्थामा बरामद गरिएको छ ।

