

महेन्द्रनगर । भन्सार छली गरी भारतबाट ल्याइएको पाँच लाख बढी मूल्यको समान बरामद गरिएको छ । प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट ती समान बरामद गरेको छ ।

बरामद समानमा आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका छन् ।

भीमदत्त नगरपालिका बसपार्क, महेन्द्रनगर बजार २ नम्वर गल्ली र सुकासालबाट समान बरामद गरिएको छ । बरामद समानको मूल्य पाँच लाख ६८ हजार बढी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयको प्रहरी गस्ती टोलीले वेवारिशे समान बरामद गरेको छ ।
यसैगरी कैलालीको भजनी नगरपालिका ५ जसबहादुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी ३५ हजार मूल्य बराबरको बिडी इलाका प्रहरी कार्यालय भजनीको टोली बरामद गरेको छ ।

