

महेन्द्रनगर । एमाले ११ औं महाधिवेशनका लासिग बैतडीबाट अधिकाँश युवा प्रतिनिधि चयन भएका छन् । एमाले बैतडीले सर्वसम्मत चयन गरेका १५ जनामध्ये ७ युवा प्रतिनिधि छन् । यो ४६ प्रतिशत हो ।
युवा प्रतनिधिमा बलभद्र दयाल, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, कालु राम सार्की महिला तर्फ पार्वती ऐरी कार्की, शकुन्तला साउँद, र सरस्वती कोली छन् ।


एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका एक जना युवा प्रतिनिधिको सहभागिता अनिवार्य गरेको भए पनि बैतडीबाट भने ७ जना युवा प्रतिनिधि छनोट भएका छन् ।
जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको भूमिका बढाउन एमालेले युवालाई प्राथमिकता दिएको महाधिवेशन प्रतिनिधिमा छनोट भएका बलभद्र दयालले बताए ।
एमालेको मंसिर २७ देखि २९ गते सम्म ११ औँ महाधिवेशन हुन लागेको छ ।

