

महेन्द्रनगर । रष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयसेविका दिवसमा दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडाका महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित भएका छन् ।



वडा सदस्य चन्द्रकला सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा सात जना स्वयम् सेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नम्बर ८ का सदस्य सचिव एबम् स्वास्थ्य प्रमुख मुकेश धामी लगायतका सहभागी भए ।

