

महेन्द्रनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसर पारी माइती नेपाली कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सुरु गरेको मानव बेचबिखन ओसारपसार नियन्त्रण तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण कार्यक्रम प्रभात विद्यान निकेतन पुगेको छ ।
शुक्रबार भट्टले भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्या निकेतनका विद्यार्थीहरुलाई अनुशिक्षण दिएकी छन् । पश्चिमी सीमा नाका गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयबाट भट्टले अनुशिक्षण सुरु गरेकी हुन् ।

प्रभात विद्या निकेतनका ८० जना विद्यार्थीलाई मानव बेचबिखन ओसापसार तथा नियन्त्रण र लैङ्गिक हिंसा रोकथाम सम्बन्धि अनुशिक्षण दिइएको भट्टले बताइन् ।
गड्डाचौकीको सिद्धनाथ अमर माविपछि भुजेलाको महाकाली जनज्योति आधारभूत विद्यालयमा कार्यक्रम गरिएका थियो । संयोजक भट्टले कार्यक्रमलाई निरन्तरता दिँदै शुक्रबार प्रभात विद्या नितेकन पुगेर विद्यार्थीहरुलाई अुनशिक्षण दिएकी छन् ।
माइती नेपाल कञ्चनपुरमा स्थापनादेखि भट्ट संंस्थामा आवद्ध छन् । दुई दशक अघि पश्चिमी नाका गड्डाचौकीमा माइती नेपाल शाखा कार्यालय खोलिएका थियो ।\

यस पटक लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नारा प्रविधिको सही प्रयोग गरौःं लैङ्गिक हिंसा अन्त्य गरौं ” भन्ने छ ।
बढ्दो प्रविधि र सुविधा संगै मानव बेचबिखनका घट्नाको स्वरुप समेत परिवर्तन हुदैं गएकोले यस बाट बच्न विद्यालयबाटै आवाज उठाउनु पर्ने हुदां विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको माइती नेपाल कञ्चनपुरकी प्रमुख महेश्वरी भट्टले बताइन् ।
्पछिल्लो समयमा प्रविधिको दुरुपयोगका कारण मानव बेचबिखनको भयावह अवस्था देखिएकोले सीमा क्षेत्रमा रहेका किशोरकिशोरीहरुलाई सचेत गराउने उद्देश्यले विद्यालयमा कार्यक्रमको गरिएको प्रमुखको भनाई रहेको छ ।
अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा मायाप्रेम सम्बन्ध, मोबाइल फोन लगायत फेसबुक तथा सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा तथा लैङ्गिक बिभेद मानव बेचबिखनका प्रमुख कारण रहेका छन् । सामाजिक सञ्जालमार्फत महिला तथा बालबालिकाहरुलाई सजिलै दलालहरुले फसाउन सक्छन् । आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारतसम्म पु¥याउँछन् ।
खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको संयोजक भट्टले बताउनुभयो । यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरीरका विभिन्न अंग झिक्नु मानव बेचबिखनको मुख्य उद्देश्य रहेको बताउदै संयोजक भट्टले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागि हुने हुदाँ मानव बेचबिखन रोकथाममा चुनौती भएको जानकारी दिइन् ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधानका बारेमा सहभागिहरुलाई जानकारी गरार्ईएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई मानव बेचबिखन सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । अहिले आएर मानव बेचबिखनको मुख्य समस्याको रुपमा देखिएकोले सामाजिक सञ्जालको दुरुपयोग र उक्त समस्या निकै चुनौतीफुर्ण बनेको कार्यक्रममा औल्याईको छ ।

