ghar sansar

चौथो मिनी जुनियर राष्ट्रिय उशु प्रतियोगितामा बैजनाथका विद्यार्थीले जिते दुई स्वर्ण सहित चार पदक

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको धनगढीमा गरिएको चौथो मिनी जुनियर राष्ट्रिय उशु प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका चार विद्यार्थी पदक जितेर फर्किएका छन् ।

प्रतियोगितामा सविता चन्द र सम्झना कुँबरले स्वर्ण पदक जितेकी छन् । उनीहरु दुबै ३६ किलो तौल समूहमा स्वर्ण जितिन् ।

,orning glory badhai

३९ किलो तौल समूहमा बन्धना नाथले रजत जितेकी छन् । माया पुजाराले ३९ किलो तौल समूहमा कास्य पदक जितेकी छन् ।

dirghayi clinic

सुदूरपश्चिम खेलकूद परिषद धनगढीको तत्वावधानमा शिअ उसु क्वानले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभाथी थिए । बैजनाथले पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्री, प्रधानाध्यापक नरेन्द्रराज जोशी, सहायक प्रधानाध्यापक तपेन्द्र प्रसाद भट्टले विद्यार्थीहरुलाई टीका लगाएर सम्मान गरे ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्टले स्वर्ण, रजत र कास्य पदक जित्नु विद्यालयका लागि गौरबको विषय भएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...