ghar sansar

एमाले केन्द्रीय सदस्य दोहोरिन खोज्दै बोहरा

little buddha academy
khasi

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य कमला बोहराले पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनबाट फेरि दोहोरिने चाहना राखेकी छन् । मंसिर अन्तिम साता काठमाडौमा हुने महाधिवेशनका लागि बोहरा काठमाडौं गएर आन्तरिक तयारी थालि सकेका छन् ।

एमालेमा विद्यार्थी राजनीतिबाट आएकी बोहरा १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी हुन् । ‘एक पटक फेरि केन्द्रीय सदस्य दोहोरिने चाहना छ’ उनले भनिन् ।

,orning glory badhai

एमालेको वर्तमान केन्द्रीय कमिटीका बोहरा सहित नविना लामा, कमला बोहरा, सुनिता बराल, उषाकिरण तिमिल्सेना, दीपा शर्मा पनि दोहोरिने चाहना राखेका छन् ।

dirghayi clinic

बोहरा, लामा र बराल अखिल अध्यक्ष र बोहरा, तिमिल्सेना र शर्मा सचिवालय सदस्य भइसकेका हुन् । युवा नेत्री पनि केन्द्रीय सदस्यको सशक्त दावेदारमा देखिएका छन् । यसअघि केन्द्रीय सदस्य नभएका युवा नेत्रीहरु यस पटकको महाधिवेशनबाट केन्द्रीय सदस्यमा अट्ने गरि तयारी थालेका छन् ।

राष्ट्रिय युवा संघका सहअध्यक्ष समेत भइसकेकी अहिले एमाले अर्थ तथा योजना विभागकी सचिव क्रान्ति बुर्लाकोटी, पूर्व अखिल नेतृ मेनका पछाई र राधिका खतिवडा, भक्त लामा एमाले केन्द्रीय सदस्यमा शसक्त दावेदारमा रुपमा अघि देखिएका छन् ।

पछाई कर्णाली प्रदेश कमिटीकी पूर्व सदस्य, अधिवक्ता समेत रहेकी खतिवडा अखिलकी पूर्व सचिव र अखिलका पूर्व सचिव समेत रहेकी लामा वागमती प्रदेश कमिटी उपसचिव हुन् । पछाईं, बुर्लाकोटी, खतिवडा, लामा यसअघि नै केन्द्रीय कमिटीमा समेट्नुपर्ने भएपनि अटाएनन् ।

यस्तै बाँकेबाट बसन्ती अधिकारी, विजया धिताल पनि केन्द्रीय सदस्यको आकांक्षी रहेका छन् ।

२५१ केन्द्रीय कमिटी सदस्यमा यसपटक ४० बर्ष मुनिका युवालाई समेट्ने भएकोले धेरै युवा उम्मेदवार केन्द्रीय सदस्यको आकांक्षी बन्ने छन् । 

Himal dental
सम्बन्धित
Loading...