ghar sansar

भृकुटी माविमा २४ महिने निःशुःक इलेक्ट्रिकल इन्जिनियरिङ्ग कक्षा सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयमा औद्योगिक प्रशिक्षार्थीका लागि निःशुःक कक्षा सञ्चालन गरिएको छ । सिटीईभिटीको २४ महिने इलेक्ट्रिकल इन्जिनियरिङ्ग कार्यक्रम अन्र्तगत विद्यालयमा कक्षा सञ्चालन गरिएका छन् ।
विद्यालयले औपचारिक कार्यक्रमबीच कक्षा उद्घाटन गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री, विद्यालयका प्रधानाध्यापक केशर सिह महरा लगायत शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी भए ।

,orning glory badhai

कक्षामा २० विद्यार्थी प्रशिक्षार्थी छन् । भृकुटी माविमा प्राविधिक शिक्षा अन्र्तगत इलेक्ट्रिकल इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालनमा छ । अहिले २४ महिने निःशुल्क कक्षा सञ्चालन गरिएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आग्रीले प्राविधिक शिक्षाले मात्रै देशको बेरोजगारी हल गर्न सक्ने र देश विकास हुन सक्ने बताए ।

dirghayi clinic

सिटिइभीटिको मापदण्ड अनुसार विद्यालयले विद्यार्थी भर्ना आव्हान गरी प्रवेश परीक्षा गरी २० जना प्रशिक्षार्थी छनौट गरेको छ । विद्यालयले प्रशिक्षार्थीका लागि एसएलसी वा एसईई उत्तीर्ण योग्यता माग गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक महराले इलेक्ट्रिकल इन्जिनियरिङ्गमा २० जना प्रशिक्षार्थीको कोटा भएको जानकारी दिए ।

२४ महिने कक्षामा तीन वर्ष ५ महिन सैद्धान्तिक र त्यस बाहेक पूरा अवधि प्रयोगात्मक कक्षा सञ्चालन गरिने प्रधानाध्यापक महराले बताए । ‘यो काम गर्दै सिक्दै, कमाउने मौका पनि हो’ उनले भने ।

विद्यार्थीहरुले दैनिक यातायात वापत एक सय रुपैँया पाउने छन् । इलम हेल्भेटासले औद्योगिक प्रशिक्षार्थी कक्षाका लागि सहयोग गरेको छ ।

यस अघि पनि विद्यालयमा औद्योगिक प्रशिक्षार्थीका लागि इलेक्ट्रिकल इन्जिनियरिङ्गका २४ महिने कक्षा सञ्चालन गरिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...