ghar sansar

पूर्व मुख्यमन्त्रीको घरमा आगजनी गर्ने ८ जना विरुद्ध किटानी जाहेरी

little buddha academy
khasi

महेन्द्रनगर । जेन–जी आन्दोलनका क्रममा तत्कालीन सत्ताधारी एमाले नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर जलाउने आठ जना विरुद्ध किटानी जाहेरी परेको छ ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका एमाले सुप संसदीय दलका नेता रावलको घर जलाउने, तोडफोड एवं लुटपाट गर्ने आठजना विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी परेको हो । जेन–जी आन्दोलनका क्रममा निजीनिवासमा विध्वंस मच्चाउनेविरुद्धमा २४ मंसिरमा तीन महिनापछि किटानी दिइएको छ।

,orning glory badhai
dirghayi clinic

भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित रावलको घरमा तोडफोड, लुटपाट एवं आगजनीमा संलग्न आठजनाको पहिचानका आधारमा प्रहरीमा किटानी जाहेरी दिएको पूर्वमुख्यमन्त्री रावलका छोरा नितेश रावलले बताए ।

आगजनीमा संलग्नहरूको पहिचान हुन ढिलाइ भएकाले तीन महिनापछि मात्रै किटानी दिएको रावलले बताए। ‘हाम्रो घरमा आएर तोडफोड, लुटपाट एवं आगजनीमा संलग्न भएको भिडियो, फोटोका आधारमा १५–२० जनाको नाम संकलन गरेर मुख्य नाइके घरभित्र छिरेर आगजनी, तोडफोड लुटपाट गर्नेविरुद्ध किटानी दिएका छौँ,’ उनले भने, ‘हामी कानुनी तवरले अघि बढेका छौँ, अझै पनि फोटो, भिडियो चिनेका छैनौँ, थप दिन्छौँ ।’

यसअघि जिल्ला सरकारी वकिल कार्यालयसहित १० सरकारी कार्यालय आगजनीविरुद्धको उजुरी प्रहरीमा आएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले नितेश रावलले दिएको जोहरी अध्ययन भइरहेको बताए ।

‘हामीले जेन–जी आन्दोलनमा हिंसात्मक गतिविधि फैलाउनेदेखि संलग्नहरूको खोजी गर्दै छानबिन निरन्तर अघि बढाएका छौँ,’ प्रवक्ता बोहराले भने, ‘दोषी प्रमाणित भए कानुनी कार्बाही हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...