ghar sansar

पूर्व गृहमन्त्री लेखकले सर्वसम्मत बनाउने आशमा काँग्रेस संस्थापन इतरको भीमदत्त नगर अधिवेशनको निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित

khasi

महेन्द्रनगर । पूर्व गुहमन्त्री आएपछि सहमति हुने आशमा काँग्रेस संस्थापन इतरको भीमदत्त नगर अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

निर्वाचन समितिले विहान अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको हो । यस अघि समितिले विहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

मंगलबार नगर अधिवेशन उद्घाटन भएपछि नेताहरुबीच सहमति गराउन लागि परेका छन् । जिल्ला सभापति पदम बोगटी, सचिव भीम भट्ट, क्षेत्रीय सभापति केशब चन्द उम्मेदवारबीच सहमतिका लागि प्रयासरत छन् ।

नगर सभापतिमा सुरेन्द्र विष्ट र सचिवमा विनोद दमाई बाहेक अन्यको उम्मेदवारी यथावत भएपछि नेताहरुले निर्वाचन समितिसित सहमतिका लागि समय मागेको बताइन्छ ।

नेताहरुका अनुुसार बिहीबार विहान पूर्व गृहमन्त्री लेखक आउने भएपछि निर्वाचन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

लेखक गृह नगर महेन्द्रनगर पुगि सकेका छन् । लेखक पुगेपछि नेताहरु उनको निवास पुगेका छन् ।

नगर सभापतिमा १४ औं महाधिवेशनमा लेखक समूहबाट जितेका दिपेन्द्र विष्ट र राहुल भट्ट उम्मेदवार भएका छन् । उनीहरुमध्ये विष्ट १४ औं महाधिवेशनबाट नगर उप सभापति र भट्ट सचिव भएका थिए ।

dirghayi clinic

१४ औं महाधिवेशनमा उनीहरु दुबै जना रमेश लेखक समूहबाट चुनाव लडेका थिए । त्यति बेला लेखक र अर्का नेता एनपी साउँदका दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । अहिले लेखक र साउँद दुबै संस्थापन इतरमा छन् ।

भीमदत्त नगर उप सभापतिमा मन्जु कार्की फर्सवान सहित तीन जना उम्मेदवार छन् । उप सभापतिमा दुई जना निर्वाचित हुने भएका छन् । उनीहरुमा कार्की सहित केशव जोरा र राज बहादुर विष्ट नगर उप सभापतिका उम्मेदवार छन् । कार्की भीनपा १० का वडा सदस्य हुन् ।

सबैभन्दा बढी उम्मेदवार भएको नगर सचिवमा विनोद दमाईले उम्मेदवारी फिर्ता लिएका छन् । दमाई भीनपा १० वडा सचिव हुन् । सचिजमा चार जना उम्मेदवार छन् ।

काँग्रेस २४ औं महाधिवेशनबाट भीनपा ८ को वडा सभापति भएका मदन मिश्र नगर सचिवका उम्मेदवार भएका छन् ।
मिश्रा २०७९ को निर्वाचनमा भीनपा ८ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

भीमदत्तमा सबैभन्दा कम उमेर वडा अध्यक्ष हुने रेकर्ड मिश्रले बनाएका थिए । उनी २८ वर्षमा वडा अध्यक्ष भएका थिए ।
नगर सचिवमा मिन राज भट्ट, चुडामणी अवस्थी, बिनोद दमाई र देबकी जोशी उम्मेदवार भएका छन् । उनीहरुमध्ये जोशी भीनपा ६ का वडा सदस्य हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट वडा सदस्य निर्वाचित उनी तत्कालिन वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि झण्डै एक वर्ष कार्य वाहक अध्यक्ष भएकी थिइन् ।

भीनपा २ उल्टाखामका अवस्थी दुई दशक अघि सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेस राजनीतिमा छन् ।

नगर सह सचिवमा तारा सिंह ऐरी र मन्जु देबी धामी उम्मेदवार भएका छन् । सह सचिवमा उनीहरु निर्विरोध भएका छन् ।
भीमदत्तमा काँग्रेसका ६ सय ७७ मतदाता छन् ।

लेखक आएपछि भीमदत्त नगर समिति सहमतिका आधारमा चयन हुने सम्भावना बढेको नेताहरुले बताए ।

Himal dental
सम्बन्धित
Loading...