

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि ६ जना उम्मेदवार सिफारिश भएका छन् ।
प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिकका लागि मतदान गरी उम्मेदवार टुङ्गो लागेको हो । प्रतिनिधि सभा प्रत्यक्षमा क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यय, भरत बहादुर विष्ट र मिरा चन्द सिफारिश गरिएका छन् ।

प्रतिनिधि सभाका लागि उपाध्यक्ष, विष्ट सहित हरि चन्द ठकुरी र मदन उपाध्यय आकाँक्षी थिए । उनीहरुमध्ये क्षेत्रीय सभापति उपाध्ययले ५३, विष्ट ५८, चन्द १२ र मदन उपाध्यय १० मत पाएका छन् ।

समानुपातिकमा सगुना राना र खिना भण्डारी सबैभन्दा बढी मत ल्याएर सिफारिश भएका छन् । राना र भण्डारी सहित बिन्दु श्रेष्ठ चुनाव लडेका थिए ।
मतदानमा काँग्रेसका महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका पदाधिकारी र सदस्यले मतदान गरेका हुन् ।
राष्ट्रिय सभाका लागि हरेन्द्र विष्ट र प्रकाश दत्त पन्त सिफारिश भएका छन् ।
काँग्रेस क्षेत्रीय सभापति उपाध्ययले पार्टी केन्द्रीय निर्देशन अनुसार उम्मेदवार सिफारिश गरिएको बताए ।

