

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भीमदत्त नगर समिति सभापतिमा दिनेश भट्ट निर्वाचित भएका छन् ।
भीनपा ६ स्थित पार्टी कार्यालयमा सोमबार भएको मतदानमा ५० मत ल्याएर भट्ट अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी योगेश कुमार शाही ४६, अम्बा दत्त जोशी ४ र विरेद्र प्रसाद तिवारीले ३ मत पाएका छन् ।

जोशी नगर समितिका निवर्तमान सभापति हुन् । नगर समिति सचिवमा ५३ मत ल्याएर यज्ञराज भट्ट निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी निरज भट्टले ४८ मत ल्याएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा उद्घाटन भएको नगर अधिवेशनमा अध्यक्ष र सचिवमा सहमति हुन नसकेपछि सोमबार मतदान भएको नेता रामचन्द्र भट्टले बताए ।

