

महेन्द्रनगर । एमालेका निवर्तमान केन्द्रीय कमिटी सदस्यहरु राजेन्द्र सिह रावल, निरुदेबी पाल र कमला बोहरा ११ औं महाधिवेशनबाट फेरि दोहोरिन खोजेका छन् ।
उनीहरु तीन जनाले ११ र्औं महाधिवेशनको बन्द सत्रमा सोमबार खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।


तीन निवर्तमान केन्द्रीय सदस्यमध्ये रावल र पाल पोलिटब्युरो थिए । रावल सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री पनि हुन् ।
तीन जना एमाले संस्थापन अर्थात निवर्तमान अध्यक्ष ओलीको कोटामा केन्द्रीय सदस्यका उम्मेदवार भएका छन् ।
रावल र पाल कञ्चनपुर क्षेत्र नं. ३ का हुन् । बोहरा क्षेत्र नं. १ बाट एमाले राजनीतिमा सक्रिय छन् । उनीहरु तीन जना निवर्तमान अध्यक्ष ओली कट्टर समर्थक मानिन्छ ।
१० औं महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य भएका हुन् । पाल कञ्चनपुर इन्चार्ज छन् । बोहरा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ की इन्चार्ज हुन् ।
कञ्चनपुर एमाले राजनीतिमा रावल र पालका पार्टी गुट छन् । बोहरा रावल गुटमा छिन् ।

