ghar sansar

कञ्चनपुर एमालेका यी नेताले लड्दैछन् केन्द्रीय सदस्य चुनाव

khasi

महेन्द्रनगर । एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि कञ्चनपुरका दर्जन नेता चुनावी मैदानमा होमिएका छन् । उनीहरुमा केहीले केन्द्रीय सदस्य दोहोरिने खोजेका छन् । केही पहिलो पटक केन्द्रीय सदस्य चुनाव लडि रहेका छन् ।

कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द कलौनीदेखि सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलसम्म नेता केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

Anant bahu travels

एमाले पूर्व साँसदहरु तारालामा तामाङ्ग, डा. दिपक प्रकाश भट्ट, नर बहादुर धामी, निरुदेबी पाल, सुदूरपश्चिम सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापा केन्द्रीय सदस्य उम्मेदवार भएका छन् ।

राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिह केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा छन् । सिह कञ्चनपुर १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका हुन् । उनी केन्द्रीय सदस्य खुलाबाट उम्मेदवार भएका छन् ।

विद्यार्थी राजनीतिबाट आएका सिह २०७९ को आम निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २(१) मा काँग्रेस माओवादी गठबन्धनसित झिनो मत अन्तरले पराजित भएका थिए ।

केन्द्रीय सदस्यका उम्मेदवार डा. भट्ट कञ्चनपुर ३ बाट अत्यधिक मत पाएर महाधिवेशन प्रतिनिधि बनेका हुन् । काठमाडौको भृकुटीमा जारी एमाले महाधिवेशनको बन्द सत्रमा सोमबार डा. भट्टले सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ को आम निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट भट्ट साँसद निर्वाचित भएका थिए । एमालेमा भट्ट बौद्धिक र स्वच्छ छविको नेताका रुपमा परिचित छन् ।

dirghayi clinic

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्तापछि डा. भट्टले चुनावी प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताए ।
‘यो पार्टीको चुनावी प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको अभ्यास हो, यसमा स्वस्थ र स्वच्छ हिसाबले प्रतिस्पर्धा हुन्छ’ उनले भने ।

कर्णाली प्रदेशका पूर्व प्रमुख कलौनी सहित नेताहरु तारालामा तामाङ्ग, डा.दिपक प्रकाश भट्ट, नर बहादुर धामी र बीर बहादुर थापा सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

सुदूरपश्चिम भूगोलबाट उनीहरु सहित १७ जना उम्मेदवार छन् । निर्वाचनबाट ५ जना निर्वाचित हुने छन् ।

केन्द्रीय सदस्य समावेशी थारुतर्फ संविधान सभा सदस्य कृपाराम राना केन्द्रीय सदस्यका उम्मेदवार छन् । उनी १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । २०७० को संविधान सभा सदस्य राना एमाले कञ्चनपुरको ३ नम्बर क्षेत्रका इन्चार्ज हुन् ।

केन्द्रीय सदस्य खुलामा बचन बहादुर सिह, राजेन्द्र सिह रावल, केन्द्रीय सदस्य खुला महिलामा कमला बोहरा, निरुदेबी पाल उम्मेदवार भएका छन् । उनीहरुमा सिह बाहेक सबै नेता केन्द्रीय सदस्य दोहोरिने चाहना राखेका छन् ।

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल र पूर्व साँसद पाल दुबै एमाले पोलिटब्युरो सदस्य हुन् । पाल एमाले कञ्चनपुरकी इन्चार्ज हुन् ।

यसैबीच एमाले कञ्चनपुरका पूर्व अध्यक्ष ईश्वरी प्रसाद खरेल केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध भएका छन् ।
एमाले कञ्चनपुरका पूर्व अध्यक्ष खरेल यस अघि लेखा आयोग सचिवालय सदस्य थिए ।

भीमदत्त नगरपालिका १८ का खरेल २०५४ को स्थानीय निकाय निर्वाचनबाट भीमदत्त नगरपालिका(तत्कालिन महेन्द्रनगर नगरपालिका) को उप मेयर निर्वाचित भएका थिए । खरेल एमालेबाट २०४९ को स्थानीय निकाय निर्वाचनामा १८ नम्बर वडाको अध्यक्ष भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...