ghar sansar

बेदकोटमा संयुक्त अनुगमन

khasi

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा केएनएचको आर्थिक सहयोगमा बेदकोट नगरपालिकामा सञ्चालित “एकीकृत महिला र बालवालिका समाजिक आर्थिक शशक्तिकरण परियोजना” को लक्षित समुदाय अन्र्तगत बेदकोटका ४ र ५ को बिपन्न बस्तीमा नगरपालिका र संस्थाको संयुक्त टोलीले अनुगमन गरेको छ ।

बेदकोट नगरपालिका नगर उप्रमुख तुलसी जोशीको नेतुत्वमा भएको अनुगमन टोलीमा निमित्त प्रमुख प्रशासकीय अधिृकत केशब दत्त भट्ट, बेदकोट १ का वडा अध्यक्ष रमेश सिह भण्डारी, ३ का वडा अध्यक्ष मोहन गुर्धामी, ४ का वडा अध्यक्ष नरेन्द्र बोहरा, ५ का वडा अध्यक्ष चित्रदेव भट्टm योजना शाखाका अमर महरा, महिला शाखा प्रमुख राधिका पन्त, स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा संस्थापक कृष्ण सिह देउपा सचिव असोकी चौधरी र कार्यक्रम अधिकृत मिना आउजी लगायत सहभागी भएका छन्  ।

बेदकोट नगरपालिका ३ का नौलौ आत्मनिर्भर समूह र हरियाली आत्मनिर्भर समुहमा गई अनुगमन गरिएको छ । सो समुहमा महिला सशक्तिकरण बाल सशक्तिकरणका कार्यक्रम बारेमा छलफल तथा अन्र्तक्रिया समेत गरिएको छ ।

dirghayi clinic

ती समूहमा प्याज खेती,च्याउ खेती तथा ब्यक्तिगत लक्ष्य प्राप्तिकाबारेमा समेत समुहमा प्रगतिबारे जानकारी लिइएको छ ।

त्यसैगरी बेदकोट नगरपालिका ५ को एकता समुह,सफल समुह र प्रगती र उन्नती आत्मनिर्भर समुहमा गई वहाहरुले गरेको कामको सफलता तथा चुनौतिका बारेमा जानकारी लिईएको थियो भने उनीहरुको मागलाई सम्बोधन गर्ने समेत टिमले बाचा गरेका थिए ।

उक्त वडाको समुहका महिलाहरुले सयुक्त रुपमा फुलको माला बनाउने काम र प्याज र च्याउ खेती समेत गरेका छन । वहाहरुको कामलाई नगरपालिका तथा स्वीट नेपालले सम्मान गरेको थियो कम समयमै आफना आवाजहरु वडा तथा पालिकामा राखेपछि गाउमा ससना पुलहरु,बाटोघाटोहरु समेत निर्माण र बिभिन्न तालिमहरुमा सहभागिता बढाईएको कुरा अनुगमन टोलीले पाएको थियो ।

स्वीट नेपाल कञ्चनपुरले बिगत २ बर्षदेखि वेदकोट नगरपालिकाको वडा न १,२,३,४,५ र १० केएनएचको आर्थिक सहयोगमा महिला तथा वालवालिका शशक्तिकरण परियोजना अती बिपन्न समुदायमा ४५ वटा आत्मनिर्भर समुह निर्माण गरी त्यसको क्षमता बिकास गरिरहेको जानकारी कार्यक्रम अधिकृत मिना आउजीले जानकारी दिएका छन ।

 

Himal dental
सम्बन्धित
Loading...