ghar sansar

२१ दिन भेन्टिलेटरमा राखिएका सामाजिक अभियन्ता केशी अस्पतालबाट डिस्चार्ज भएर फर्किए घर

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका सामाजिक अभियन्ता भेस बहादुर केशी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कलेजोमा समस्या देखिएपछि गत कार्तिक २९ गते कैलालीको धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा भर्ना भएका केशी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जन्डिस बिग्रिएर कलेजोमा समस्या देखिएपछि लगातार २१ दिन केशीलाई भेन्टीलेटरमा राखिएको थियो । बेहोस अवस्थामा भेन्टिरमा राखिएका केशीको बरिस्ठ कलेजो रोग विशेसज्ञ डा। प्रतिम प्रधाने नियमितरुपमा उपचार गर्नुभएको थियो ।

dirghayi clinic

“सुरुमा केशीको अवस्था एकदमै नाजुक थियो’, डा। प्रधानले भने, ‘उपचार गर्दे जाँदा स्वास्थ्यमा सुधार आयो ।” स्वास्थ्यमा सुधार आएपछि मंगलबार केशीलाई डिस्चार्ज गरिएको डा। प्रधानले बताए ।

केशीको उपचारका क्रममा शुभेच्छुकहरुले ४२ पोका ब्लड दान गरेका थिए । उपचारमा ५ लाख बढी खर्च भएको केशीका परिवारजनले बताएका छन् । उपचारमा आर्थिक अभाव भएपछि विभिन्न क्षेत्रबाट प्रदान गरिएको आर्थिक सहायताले केशी स्वस्थ भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि केशी मंगलबार साँझ बेलौरी स्थित शिवनगर घर फर्किएका छन् । केशी कामको शिलसिलामा धनगढीमा बस्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...