ghar sansar

सीता सामुदायिक वनले दियो पञ्चाधिन माविका खेलाडीलाई जर्सी

little buddha academy
khasi

महेन्द्रनगर । सीता सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्ययोजनामा समावेश कार्यक्रम अनुसार पञ्चाधिन माध्यमिक विद्यालय, कृष्णपुर नगरपालिका–९, राजघाटका विद्यार्थी खेलाडीलाई १५औँ राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि ५० थान जर्सी हस्तान्तरण गरिएको छ। जर्सी विद्यालय व्यवस्थापन समितिलाई एक अनौपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

कार्यक्रम पञ्चाधिन माध्यमिक विद्यालयको पीटीओ अध्यक्ष शालिभान विकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष कैलाश बलायर रहेका थिए भने विशिष्ट अतिथिका रूपमा सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरी, उपाध्यक्ष जितबहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज विक, विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्ट लगायत उपस्थिति भएका छन् ।

,orning glory badhai

कार्यक्रममा विशिष्ट अतिथि सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशमा करिब ५८ प्रतिशत क्षेत्रफल सामुदायिक वनले ओगटेको उल्लेख गरे। उनले सामुदायिक वन क्षेत्र जडिबुटी, कृषि र जैविक विविधताका दृष्टिले समृद्ध भए पनि दिनप्रतिदिन वन क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

dirghayi clinic

“सही सदुपयोग र संरक्षणमा ध्यान दिन नसक्दा सम्भावना हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन,” उनले भने। अध्यक्ष चौधरीले सीता सामुदायिक वनले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विद्यार्थी लक्षित जनचेतनामूलक गतिविधि, पोसाक, ब्यागलगायत सहयोग गर्दै आएको जानकारी दिँदै आय–स्रोत सीमित भए पनि समुदाय र विद्यार्थी हितका कार्य निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले राष्ट्रिय रनिङ शिल्डमा सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई अग्रिम शुभकामना दिए ।

प्रमुख अतिथि वडा अध्यक्ष कैलाश बलायरले सामुदायिक वन उपभोक्ता समूहलाई धन्यवाद दिँदै सीता सामुदायिक वनले विद्यालय र विद्यार्थीका लागि पटक–पटक चिन्ता र सहयोग गर्दै आएको उल्लेख गरे । उनले स्थानीय सरकारको तर्फबाट आगामी दिनमा गर्न सकिने सहयोग निरन्तर रहने धारणा व्यक्त गर्दै विद्यालय विकासका लागि वडा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विद्यालयलाई वडा सरकारको तर्फबाट केही दिनभित्र दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। वडा अध्यक्ष बलायरले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेका विद्यार्थी खेलाडीहरूलाई सफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक खडक साउदले गरेका थिए। कार्यक्रमले विद्यार्थी खेलाडीहरूको मनोबल उच्च बनाएको सहभागीहरूले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...