ghar sansar

कञ्चनपुरका निर्माणाधिन योजना निरीक्षण गरी फर्किए मन्त्री घिसिङ्ग

भन्छन् –टनकपुर व्यारेजबाट नहरमा पानी छोड्न भारतसँग पहल गरि रहेका छौ

khasi

महेन्द्रनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कञ्चनपुर पुगेर फर्किएका छन् । कञ्चनपुरमा विभिन्न निर्माणाधिन योजना निरीक्षणका लागि मन्त्री घिसिङ्ग मंगलबार साँझ महेन्द्रनगर आएका हुन् । बुधबार बिहानदेखि मन्त्री घिसिङ्गले विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका छन् ।

टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको मन्त्री घिसिङ्गले बताएका छन् ।

dirghayi clinic

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधवार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको बताए ।

कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वासमा रहेको मन्त्री घिसिङ बताए ।

नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरूप नेपालले हिउँद याममा तीन सय क्युसेक र वर्षा याममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ । सन्धिबमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् ।

करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रूपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...