ghar sansar

१७ स्वर्ण सहित ३९ पदक जित्दै बेलौरी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोतिामा शान्तिपुर मावि प्रथम

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग छनौट खेलकूद प्रतियोगितामा शान्ति माध्यमिक विद्यालय शान्तिपुरले ३९ पदक जितेर प्रथम स्थान हासिल गरेको छ । शान्तिपुर माविले १७ स्वर्ण, १२ रजत र १० कास्य पदक जितेको छ ।

प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ८ कास्य पदक सहित लक्ष्मी मावि जबदीया द्वितीय र १९ पदक जितेर जन नमूना मावि रामनगर तेस्रो भएको छ । जन नमूनाले १० स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पारेको छ ।

,orning glory badhai
dirghayi clinic

प्रतियोगितामा सहभागी ७ विद्यालय पदक बिहीन भए । बेलौरी नगरपालिका बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमित प्रसाद भट्टले प्रतियोगितामा नगरपालिका क्षेत्रका २५ विद्यालयले भाग लिएको बताए । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले प्रतियोगिता उद्घाटन गरेका थिए ।

पुस १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । शुक्रबार औपचारिक कार्यक्रमबीच प्रतियोगिता समापन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...