ghar sansar

कैदीबन्दीबीच झडप भएपछि कञ्चनपुर कारागारमा तनाव

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारका कैदीबन्दीबीच झडप भएपछि तनाव भएको छ ।

कारागारका नाइके फेर्न पर्ने सहितका विभिन्न माग राखेर विवाद भएपछि आपशमा झडप भएको बताइएइको छ । झडपममा आठ कैदीबन्दी घाइते भएको बाहिर आएको छ ।

,orning glory badhai
dirghayi clinic

कैदीबन्दीले कारागारभित्र नाराबाजी गरि रहेका छन् । कैदीबन्दीले आन्तरिक प्रशासनसंग सम्बन्धित माग गरी नाराबाजी गरि रहेका छन् ।

कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले घाइतेहरु महाकाली प्रादेशिक अस्पताल पठाइएको बताए । घाइते हुनेमा किरण बहादुर सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी, सन्दीप भण्डारी, जनक खडका छन् ।

कैदीबन्दीहरुले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, राशनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागुऔषधजस्ता गैरकानुनी कारोबार गरेको, घरबाट आउने सामानसमेत पूरै हातमा नपुग्ने गरेको, आफूनिकटलाई मात्रै सेवा सुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गरेका थिए।

अहिले सहायक सिडिओ, प्रहरी उपरीक्षक खडक बहादुर खत्री सहितले कारागारका चौकीदार, नाइके लगायतसित छलफल गरि रहेको जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...