ghar sansar

नेकपा कञ्चनपुरले सोमबार गर्दैछ झलारीमा पार्टी एकता सन्देश सभा, भीम रावल सहितका नेताहरुले सम्बोधन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले सोमबार झलारीमा पार्टी एकता जिल्ला सन्देश सभा आयोजना गर्न लागेको छ । सभा आयोजना तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

झलारीस्थित खुला मञ्चमा हुने सभामा नेकपा नेताहरु भीम रावल, गिरीराजमणी पोखरेल, भानुभक्त जोशी र खगराज भट्टले सम्बोधन गर्ने भएका छन् ।

,orning glory badhai

सभा तयारी तथा व्यवस्थापनका लागि साविक माओवादी केन्द्रका नेता लोकेन्द्र लम्साल संयोजक र एकीकृत समाजवादीका नेता प्रकाश रावल सह संयोजक रहेको मूल परिचालन समिपति गठन गरिएको छ ।

समितिले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सभाबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेताहरु रावल, लम्साल सहित पूर्व मन्त्री लाल बहादुर खड्का, माया नेगी, खेमराज पाण्डेय, बीर बहादुर बुढाथोकी, माधव पन्त, नवराज ऐर, लोकराज जोशी लगायत सहभागी भए ।

पत्रकार सम्मेलनमा नेकपा नेता रावलले प्रेस वक्तव्य वाचन गरे । प्रेस बक्तव्यमा सरकारले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र जनतालाई भय रहित रुपमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड दिएको छ ।

पार्टी एकता जिल्ला सन्देश सभा तथा मूल परिचालन समितिका संयोजक लम्सालको नाममा जारी वक्तव्यमा नेकपा ताजा जनादेशका लागि तयार भएको उल्लेख गरिएको छ ।

‘देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा भइ सकेको स्थितिमा राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधि निवर्धा, स्वतन्त्र र भय रहित वातावरणमा सहभागी हुन सक्ने गरी सरकारले यथोचित वातावरणको निर्माण गर्नु पर्छ’ वक्तव्यमा भनिएको छ,‘नेपाली कम्युनिष्ट पार्टी जनताको ताजा जनादेशका लागि तयार छ, निर्वाचनको सन्दर्भमा जनताको स्वतन्त्र अभिमत प्रटक हुन सक्ने वातावरण बनाउनु पर्छ ।’

नेकपा कञ्चनपुरले देशमा विद्यमान राजनीतिक संकट समाधानका लागि वामपन्थी, प्रगतिशिल र देशभक्त सबैको एकता अपरिहार्य भएकोमा जोड दिएको छ ।

dirghayi clinic

नेकपा नेता खड्काले मुलुकका सबै समस्याको निकास हुने गरी समाजवादको लक्ष्य राखेर पार्टी पुनर्गठन गरी अघि बढेको बताए ।

‘जन अपेक्षा र भदौ २३÷२४ को जेन्जी आन्दोलनको मर्म र भावना अनुसार देशलाई निकास दिनका लागि पार्टी पुनः गठन गरी अघि बढेका छौ, समाजवादको लक्ष्य लिएका छौ’ उनले भने,‘यसबाट जनतामा समस्या समाधान हुन्छ भन्ने अपेक्षा छ, जनता उत्साहित छन् ।’

नेता लम्सालले झलारी क्रान्तिकारी भूमि भएकाले एकता सन्देश सभाका लागि स्थान छनौट गरिएको बताए । उनले झलारी जिल्लाभरका सबै सहभागीका लागि मध्य बिन्दु पर्ने भएको उल्लेख गरे ।

‘अहिले सन्देश सभाका लागि झलारी रोजाइको पछाडि कारण छ, २०३६ सालको जनमत संग्रह ताकामा तत्कालिन पञ्चायती व्यवस्थाका खम्बा सूर्य बहादुर थापा विरुद्ध झलारीका वासिन्दाले आन्दोलन गरेका थिए, त्यस कारण त्यो भूमि क्रान्तिकारी र ऐतिहासिक छ’ उनले भने ।

झलारी सभाबाट नेकपाको एकता सन्देश कञ्चनपुर जिल्लाभरि पुग्ने नेता लम्सालले बताए ।

नेकता नेता खेमराज पाण्डेयले पनि झलारीमा सभा आयोजनाको कारण बताए । उनले साविक माओवादी केन्द्र हुँदा पनि पार्टीले अन्य क्षेत्रमा कार्यक्रम गर्दा पनि झलारी छुटेको सुनाए ।

पाण्डेय साविक माओवादी केन्द्रका नेता हुन् । उनी केन्द्रका जिल्ला संयोजक थिए । उनले सभाले पार्टी एकता सन्देश जिल्लाभर पुग्ने बताए ।

नेकता नेता बीर बहादुर बुढाथोकीले सभाको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभामा १० हजार भन्दा बढी जन सहभागिता हुने दाबी गरे ।

सभामा नेताहरुको सम्बोधन सहित विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम भएको जानकारी दिइएको छ । मूल निर्वाचन परिचालन समितिका संयोजक लम्सालले अन्य दलबाट नेतृत्व सम्हालेका नेता कार्यकर्ता सहितलाई प्रवेश गराउने तयारी भएको बताए ।

प्रवेश गर्ने दल र नेता कार्यकर्ताको नाम भने पत्रकार सम्मेलनमा जानकारी गराएन ।

Himal dental
सम्बन्धित
Loading...