

महेन्द्रनगर । अनलाइन टेलिभिजनको कञ्चनपुर जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा अतिथिहरुले पत्रकारहरुमाथि गम्भीर आरोप लगाउँदै छानबिन गरी कारवाही गर्न पर्ने माग गरेका छन् ।
पत्रकारिताको आडमा पत्रकाहरुले तस्करी, सुराकी, चरित्र हत्या, ब्ल्याकमेलिङ्ग र चन्दा अशुली गर्दै आएको उनीहरुले बताएका छन् । सार्वजनिक कार्यक्रममा पत्रकारहरुमाथि आरो लगाउनेमा कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट लगायत अधिकाँश सहभागी छन् ।

प्रदेश सभा विष्टले पत्रकारको नाममा बढेको आतंक निरुत्साहित गर्न छानबिन गर्न पर्नेमा जोड दिए । उनले बेलौरी क्षेत्रका केही पत्रकारलाई लक्षित गर्दै गम्भीर तस्करबाट रकम असुल्ने, प्रहरीका सुराकीका रूपमा काम गर्ने, महिलालाई होटलमा लगेर ब्ल्याकमेलिङ्ग गर्ने, विज्ञापन नदिएको निहुँमा चरित्र हत्या गर्ने तथा आफ्नो नाम बेचेर चन्दा असुली गर्ने जस्ता आरोप लगाएका छन् ।


कार्यक्रममा बेलौरी नगरपालिकाका जनप्रतिनिधिहरु पनि पत्रकारहरुमाथि विभिन्न आरोप लगाउँदै खनिएका छन् ।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य अर्जन सिहले अधिकाँश अतिथिहरुले पत्रकारको नाममा बढेको अवैध कार्यको विरोध गर्दै छानबिनको माग गरेको बताए ।
सार्वजनिक कार्यक्रममा आरोप लागेपछि पत्रकार महासंघ कञ्चनपुरले छानबिन समिति गठन गरी स्वतन्त्र छानबिन गर्न पर्ने आवश्यक भएको सिहले बताए ।
नेपाल पत्रकार महासंघले महासंघका सदस्य संलग्न भएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।
अधिवेशनबाट प्रकाश भट्ट अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्षमा भट्ट र सचिवमा धानुक निर्वाचित भएका छन । यी दुई बाहेक अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध भएका छन् ।
उपाध्यक्ष लाल बहादुर सार्की,सह सचिव दिनेश चौधरी,कोषाध्यक्ष सरिता चौधरी, सदस्य केशव भट्टराई,पवन जोशी,महेन्द्र सिह भाट,रुपेश विक निर्बिरोध भएका छन ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट, बेलौरी नगरका मेयर पोतिलाल चौधरी, उपमेयर जोगराज चौधरी, बेलौरी ४ का वडाध्यक्ष अर्जुन ढकालले अनलाईन पत्रकारहरुले निष्पक्ष, स्वतन्त्र, राजनैतिक बिना पूर्वाग्रही तथ्यका आधारमा विषयबस्तु प्रकासित गर्नुपर्ने बताए ।

