

महेन्द्रनगर । बेलौरीबाट खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–६ नकैया स्थित भारतबाट नेपाल तर्फ साईकल चलाई आउदै गरेको साईकल यात्री बेलौरी नगरपालिका–६ बस्ने २७ वर्षीय मोहन ऐर र साईकल पछाडी सवार बझाङको बिरुचित्थड गाउँपालिका–७ सुनकुण्डा बस्ने बर्ष २८ वर्षीय मुकुन्द जोशीलाई खैरो हिरोईनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो फेला पारी उक्त पदार्थसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

