ghar sansar

भूमिराज उपभोक्ता सहकारीमा नयाँ समिति चयन, अध्यक्षमा भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । भूमिराज उपभोक्ता सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट नयाँ समिति चयन गरिएको छ ।

नयाँ समितिको अध्यक्षमा महादेव भट्ट चयन भएका छन् । समितिमा जयराज भट्टउ उपाध्यक्ष, दयाकृष्ण पन्त सचिव र उमेश कुमार जोशी कोषाध्यक्ष भएका छन् । नन्दराज भट्ट, साधना जोशी महरा, देबकी चन्द, प्रियङ्का भट्ट र जयराज भट्ट सदस्य छन् ।

,orning glory badhai

अधिवेशनबाट तिलक राज भट्टको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिमा जनकी भट्ट र कालू लोहनी सदस्य छन् । 

दुई हजार ९ सय ७४ शेयर सदस्य भएको सहकारीको १ करोड १८ लाख ५० हजार २ सय कुल शेयर पूँजी छ । सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा ६ करोड ९६ लाख ५७ हजार ५सय ७० रुपैँया निक्षेप संकलन गरेको छ । सोही वर्ष ४ करोड ९८ लाख ८ हजार ६ सय ३९ रुपैँया हजार ऋण लगानी गरेको छ ।

dirghayi clinic

हाल संस्थाले आयव्ययतर्फ ९ करोड २० लाख ८ सय १२ रुपैँया बराबरको आयव्यय उपलब्धि हासिल गरेको छ । 

सहकारी संस्थाका अध्यक्ष बलदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा तथा पाँचौ अधिवेशनमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी प्रमुख अतिथि थिए ।

पूर्व न्यायाधीश धन सिह महरा, सहकारीका प्रमुख सल्लाहकार कृष्ण देव भट्ट, नारद पाण्डेय, देबदत्त जोशी , बासना सापकोटा विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा सहकारीका लेखा समिति संयोजक केशब दत्त भट्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।सहकारीका वरिष्ठ उपाध्यक्ष महादेव भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव जयराज भट्टले सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...