ghar sansar

भीमदत्तको राष्ट्रपति रनिङ्ग शिल्डको भलिबलमा रेफ्रिले फाउल नदिएको भन्दै विवाद, नाराबाजीपछि खेल स्थगित

khasi

महेन्द्रनगर । कबर्ड हलमा जारी भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिबार बैजनाथ मावि र लिटिल बुद्ध एकेडेमीको भलिबल खेल स्थगित गरिएको छ ।

भलिबल प्रशिक्षण केन्द्रमा साँझ तेस्रो सेटको खेल चलि रहँदा रेफ्रीले फाउल नदिएको भन्दै बैजनाथका विद्यार्थीले विरोध गरेपछि विवाद भएको थियो ।

dirghayi clinic

लिटिल बुद्धका खेलाडीले सट प्रहार गर्दा फाउल भएको बैजनाथ विद्यार्थीको भनाई थियो । रेफ्रीले फाउल नभएको भन्दै लिटिल बुद्ध एकेडेमीलाई अंक दिएपछि खेलाडी खेल्न छाडेर कोर्ट बाहिर निस्केका थिए ।

केही समय कोर्टमा नाराबाजी भयो। भलिबल कोर्टमा ठूलो ंसंख्यामा प्रहरी परिचालन गरिएको थियो । विद्यार्थी र समर्थकरुहले कोर्टभित्र गएर नाराबाजी गरेपछि अन्तिममा खेल स्थगित गरिएको हो ।

खेलमा दुबै विद्यालयले एक÷एक सेट जितेका छन् ।

Himal dental
सम्बन्धित
Loading...