ghar sansar

बेलडाँडी गाउँपालिकाका हाकिम भन्छन्– हावादारी नलेख्नु होस, निष्पक्ष हुन पर्छ

little buddha academy
khasi

महेन्द्रनगर । बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना सहित कार्यपालिका सदस्य र कर्मचारीहरु सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न गाडी बुकिङ्ग गरी काठमाडौं हिँडेको बारे जानकारी लिन सोमबार प्रमु्ख प्रशासकीय अधिकृत राम कृष्ण विकलाई मोबाइल फोनमा सम्पर्क गरिएको थियो ।

बिकको फोन रिसिभ भएन । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत भानुभक्त जोशीलाई सम्पर्क गरी उनको भनाई उद्धृत गरी समाचार सम्प्रेषण गरिएको थियो ।

,orning glory badhai

निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई अध्यक्ष सहित कार्यपालिका सदस्य कहाँ गएको भन्ने बारे केही थाहा नभएको र प्रमुख प्रशासकीय अधिकृत विकले धनगढी तालिम छु भन्दै निमित्तको जिम्मेवारी दिइएको बताएका थिए ।

जोशीले कार्यालयको गाडी कहाँ छ भन्ने बारे आफूलाई थाह नभएको बताएका थिए ।\

मंगलबार विहान भने प्रमुख प्रशासकीय अधिकृत बिकले आफू काठमार्डौं नगएको, धनगढी र महेन्द्रनगर तालिममा भएको र गाडी आफूले लगेको बताए । उनी आर्फैंले फोन गरी आफू काठमार्डौं गएको भनेर लेखेर हावादारी समाचार लेखेको र निष्पक्ष पत्रकारिता गर्न पर्ने सुझा दिए ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्यमा, १५ शैय्याको अस्पताल लगायतका राम्रो काम गरेको कुरा मिडियाले नलेखेकोमा आक्रोश पोखे । उनले आफू तालिममा व्यस्त भएकोले फोन रिसिभ गर्न नसकिएको र केही कुरा जानकारी लिनु पर्ने कार्यालयमा आएर लिनु पर्ने बताए ।

गाउँपालिकाको शिक्षक दरबन्दी मिलान विवाद सर्वोच्च अदालतमा पुगेकाले आफू केही नबोल्ने बताए । शिक्षक दरबन्दी मिलानमा उपाध्यक्ष शान्ति नाथले दिएको निवेदन सम्बन्धि जानकारी लिँदा उनी केही बोलेनन् । 

उनले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने मेरो काम हो । उनले आफू कार्यपालिका निर्णय अनुसार काम गर्ने कर्मचारी भएको बताए ।

उनले रौलेश्वरका शिक्षक कृपाराम उपाध्ययलाई गणेश मावि भुर्सा सट्टापट्टा गरेकोबारेमा जानकारी नभएको बताए । उनले त्यो सरुवा नभएर मिलान भएको बताए ।

यस्तो थियो समाचार

महेन्द्रगर । बेल्डाँडी गाउँपालिका २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्ययले सर्वोच्च अदालतमा दायर अदालतको अपहेलना मुद्दामा लिखित जवाफ पेश गर्न अध्यक्ष राना सहित सबै कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बिक सहित कर्मचारी काठमाडौं गएका हुन् ।

सर्वोच्च अदालतको संयुक्त इजलाशले पुस १ गते बेलडाँडी गाउँपालिकालाई अदालतको अपहेलना मुद्दामा ७ दिनभित्र आफंै उपस्थित भएर वा वारेश मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि उनीहरु काठमाडौं हिँडेका छन् । गाउँपालिका कार्यालय स्रोतका अनुसार कार्य पालिका सदस्य बसन्ती सुनार जिल्ला बाहिर भएकाले उनी बाहेक सबै कार्यपालिका सदस्य काठमाडौं हिँडेका छन् ।

dirghayi clinic

बेल्डाँडी गाउँपालिका कार्यालयले दशैं विदा अघि गत असोज ९ गते शिक्षक दरबन्दी मिलान गरी रौलेश्वर माविका प्रधानाध्यापक उपाध्ययलाई सरुवा गरी गणेश मावि घुर्सवा सुरु गरेको थियो ।

स्थायी दरबन्दीका उपाध्ययलाई सरुवा गरी उनको स्थानमा गणेश माविका राहत दरबन्दीका शिक्षकलाई रौलेश्वर सरुवा गरिएको थियो । गणेश मावि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको वडाको विद्यालय हो । गाउँपालिका अध्यक्ष हुन अघिसम्म राना आफैैं गणेश मावि घुर्सुवाका राहत शिक्षक थिए ।

प्रधानाध्यापक उपाध्ययले गाउँपालिकाले असोज ९ गते गरेको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वनयन नगरी बदरको माग राख्दै गाउँपालिका र गाउँपालिका कार्यालय विरुद्ध प्रशासकीय अदालत काठमाडौं मुद्दा दायर गरेका थिए ।

उपाध्ययको मुद्दामा प्रशासकीय अदालतले कार्तिक २७ गते निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो । गाउँपालिकाले त्यस आदेश विपरित निर्णय कार्यान्वयन अघि बढाएर शिक्षक पदस्थापन गरेपछि उनी अदालतको अपेहलना मुद्दामा सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधिशद्वय मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलाशले लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

‘निवेदकको माग बमोजिम सजाय किन हुन नपर्ने हो, सजाय हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक ७ दिनभित्र आफैं वा प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश भएको जानकारी गराइन्छ’ आदेशमा भनिएको छ ।

प्रशासकीय अदालतले शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी सहितको पत्र कार्तिक २८ गते शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई पठाएको थियो ।

इकाईले बेल्डाँडी गाउँपालिकालाई प्रशासनिक अदालतको भएको निर्णय सहित मंसिर १७ गते पत्र पठाएको थियो ।

गाउँपालिका अध्यक्ष एबम् गाउँपालिका शिक्षा समितिले गलत नियत राखेर दशैं विदा अघि शिक्षक दरबन्दी मिलान गरिएको निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष शान्ति नाथले प्रमुख प्रशासकीय अधिकृत विकलाई निवेदन दिएकी थिइन् ।
उपाध्यक्ष नाथ दशैैं पूजापाठका लागि पुख्र्यौली गाउँ हिँडेपछि गाउँ कार्यपालिका बैठकबाट शिक्षक दरबन्दी मिलानको निर्णय गरिएको थियो ।

बेलडाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भानुभक्त जोशीले अध्यक्ष सहित कार्यपालिका सदस्य र कर्मचारी काठमार्डौं हिँडेकोबारे आफूलाई जानकारी नभएको बताए ।

उनले प्रमुख प्रशासकीय अधिकृत बिक भने धनगढी तालिममा भएको जनाए ।

‘अरु कहाँ हुनु हुन्छ थाह छैन, हाकिम साप चाहिँ धनगढी तालिममा हुनु हुन्छ, म तालिममा छु भनेर मलाई निमित्त दिइएको हो’ उनले भने ।

गाउँपालिकाको गाडी भने कार्यालयमा नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

यस सम्बन्धि जानकारीका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकलाई फोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेन ।

Himal dental
सम्बन्धित
Loading...