ghar sansar

गैसस महासंघ कञ्चनपुरका तीन पूर्व अध्यक्ष सम्मानित

khasi

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघका केन्द्रीय उप महासचिव भवराज रेग्मी सहित तीन जना सम्मानित भएका छन् । गैसस महासंघ कञ्चनपुरको २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा केन्द्रीय उप महासचिव रेग्मी सहित महासंघका पूर्व जिल्ला अध्यक्ष कृष्ण सिह देउपा र नितु भण्डारी भट्टलाई सम्मान गरिएको छ ।

महासंघको पूर्व जिल्ला अध्यक्षका भएर महासंघको प्रगति, सामाजिक तथा अधिकार वकालतका लागि पुगाएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

Anant bahu travels

कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष चुडामणी भट्टराई, महासंघका केन्द्रीय महासचिव देबी खड्काजिल्ला अध्यक्ष बोहरा सहितले उनीहरुलाई टीका लगाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरे । महासंघ कञ्चनपुरको नेतृत्व गर्दै रेग्मी महासंघको केन्द्रीय उप महासचिव भएका छन् ।

dirghayi clinic

सम्मानित हुनेमा रेग्मी निड्स नेपाल, देउपा स्वीट नेपाल र भट्ट संजिविनी नेपालका संस्थापक हुन् । उनीहरु लामो समयदेखि सामाजिक सेवा क्षेत्रमा सक्रिय छन् ।

देउपा २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

गैसस महासंघ कञ्चनपुरका अध्यक्ष बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष चुडामणी भट्टराईं प्रमुख अतिथि थिए ।

कार्यक्रममा काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का आनन्द सिह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिह महता, महासंघका पूर्व जिल्ला अध्यक्ष नितु भट्ट, निर्माण व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्द, नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया लगायतले शुभकामना मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...