

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयले ५८ औं बार्षिकोत्सव तथा अभिमावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी प्रमुख अतिथि थिए । कार्यक्रममा उप मेयर निलम लेखक जोशी र कार्यक्रममा भीमदत्तको सामाजिक विकास समिति संयोजक शुसिल भट्ट विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, समाजसेवी लगायत अतिथि रहेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उप मेयर जोशीले विद्यालयलाई सहयोग गर्दै आएको र फेरि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिका शैक्षिक गुणस्तरलाई सुधार गर्न जस्तो सुकै सहयोग गर्ने बताए । उनले मायाको चिनो ग्रहण गरी विदाइ भएका थिए ।

सामाजिक समिति संयोजक शुसिल भट्टले विद्यालयले राम्रो प्रगति गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना गरे ।
निमावि संयोजक लक्ष्मी दत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क बहादुर चन्द र कक्षा १० का विद्यार्थी बंशिका नेपाली, कक्षा ९ का विद्यार्थी ले राखेका थिए ।

२०२४ सालमा स्थापना भएको विद्यालय अहिले १० कक्षा सम्मको पढाई भइरहेको छ । २३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । योगदान गर्ने पूर्व व्यवस्थापन समिति अध्यक्ष तारा प्रसाद जोशी को ठूलो योगदान रहेको छ ।
पूर्व विद्यार्थी सीता सुनार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए । उत्प्रेरणा गराउनका लागि मैले सहयोग गरेको हो । म एकदमै गरीब परिवारबाट थिए । मैले प्रयासमात्रै गरेको र कसैको बालबालिकाले पढ्न पाएनन् भएनन् भने मलाई भन्नु होला, उनले भनिन् , पैसाको अभावले कसैले पढ्नबाट वञ्चित नहुन भन्ने चाहन्न ।’

म यस स्कूलमा पढ्ने १० जनालाई निशुल्क पढ्न सहयोग गर्ने उनले बताइन् । छोरी लाई पढायौ भने छोरीले पनि समाजमा योगदान दिन सक्छन् । मेरो आमाले चन्दा मागेर पढाएकी हुन् । समाजमा प्रयास गर्यो भने सफलता पक्कै पनि मिल्छ । कुनै पनि कारणले स्कूल आउन सकेन भने मलाई खबर गरिदिनुहोला मा त्यसका लागि केही प्रयास गर्ने प्रतिबद्धता गर्दछु ।’
