ghar sansar

तालाबन्दीपछि अत्तालियो एनएमबी बैंक, गुहार माग्दै पुग्यो प्रशासन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर एनएमबी बैंकले जालझाले गरी लिलाम गरेको भन्दै जेनजी संघर्ष समितिले तालाबन्दी गरेपछि बैंकले प्रशासन कार्यालय गुहारेको छ ।

बैंकले आफूले लिँदै नलिएको ऋण किर्ते कागज बनाएर आफ्नो घर लिलाम चढाएको भन्दै बिक परिवार न्यायको खोजीमा छन् । विक परिवारमाथि गरिएको अन्याय विरुद्ध जेनजी संघर्ष समितिले बंैक विरुद्ध आन्दोलित भएर तालाबन्दी गरेको हो ।

,orning glory badhai

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको कार्यकक्षमा शुक्रबार विहान बैंकका प्रतिनिधि र घरधनी विक परिवार सहित झलारीका स्थानीयसित छलफल गरिएको छ ।

छलफलमा बिक परिवार र बैंक दुबैले आफ्नो अडान नछाडेपछि निष्कर्ष बिहीन भएर छलफल टुुङ्गिएको छ । छलफलमा बिक परिवारले आफूमाथि जालसाची गरी षडयन्त्र गरी आफूले लिँदै नलिएको ऋण देखाएर बैकले आफ्नो घर लिलाम गरेकाले न्याय पाउनु पर्ने माग राखे ।

बैंकले लिलाम सम्बन्धि सबै कानुनी प्रक्रिया अपनाएर धितो लिलाम गरेकाले बैंकको तालाबन्दी खोल्न पर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले दुबै पक्षका कुरा सुनेका थिए । प्रमुख जिल्ला अधिकारी कोइराला पुस १७ गते प्रशासन कार्यालय हाजिर भएका हुन् । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र महेन्द्रनगर कार्यालयका प्रतिनिधि छलफलमा सहभागी भए ।

प्रशासन कार्यालयमा भएको छलफलपछि पीडित बिकले झलारीका वासिन्दाले आफ्नो पीडामा साथ दिएर तालाबन्दी गरेकाले आफूले त्यसमा केही गर्न नसक्ने बताए ।

‘तालाबन्दी खोलि दिनु पर्ने विषय आयो, यसमा मेरो केही हात छैन’ उनले भने,‘ हामीलाई न्यायका लागि न्यायप्रेमी जनताले त्यसमा ताला लगाएका छन् ।’

बिकले बैंकले आपूmलाई दिएको ऋण, त्यसपछि दृष्टि बन्धक लिखतमा राखेको रकम र धितो लिलाम गर्दा उल्लेखित रकम र बैंक कार्यालय सबै सम्बन्धि जानकारी गराउँदा समेत कसैले वास्ता नगरेको बताए ।

बैंकले २०७५ मा बिकलाई दिएको २९ लाख ५० हजार घर कर्जाको रकमलाई दृष्टिबन्धक लिखितमा ३७ लाख उल्लेख गरी २०८० मा घर लिलाम गरेको थियो ।

बैकले लिलाम गर्दा विकले एनएमबी बैंकको महेन्द्रनगर शाखाबाट ऋण भनेर उल्लेख गरिएको थियो ।

बैंकले जग्गा दलालसित मिलेर आफूलाई ऋण चुक्ताको समयसम्म नदिएर घर लिलाम गरेको विक परिवारले बताउँदै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी) कञ्चनपुरले बिकको घर लिलामी प्रक्रिया बैंकले जालझेलपूर्ण र कपटपूर्ण कार्य गरेको निष्कर्ष निकालेको छ ।

बैकले जग्गा दलालसित मिलेर आफूले लिँदै नलिएको ऋण देखाएर आफ्नो घर लिलाम गरी अन्याय गरेको भन्दै विक न्यायका लागि लडि रहेका छन् ।

बैंकले विकको घर लिलाम गरी पीडित बनाएको भन्दै जेनजी संघर्ष समितिले बैंकको झलारीस्थित कार्यालयमा तालाबन्दी गरेपछि नेकपा माओवादीले सामाजिक सञ्जाल फेसबुकबाट पार्टीको धारणा सार्ववजनिक गरेको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज विपी शी विराट र जिल्ला सचिव ललित जङ्ग सीले प्रेस नोट मार्फत विकको घर लिलाम सम्बन्धि धारणा सार्वजनिक गरेका छन् ।

dirghayi clinic

‘नेकपा (माओवादी) कञ्चनपुरले अध्ययन गर्दा लिलामी प्रक्रिया कपटपूर्ण र जालझेलपूर्ण भएको निष्कर्ष ठहर गर्दछ’ प्रेस नोटमा भनिएको छ,‘करीब ८ महिना अगाडि उक्त घर अजय विश्वकर्माले न्याय नपाएसम्म पार्टीको नियन्त्रणमा रहेको जानकारी गराउँदछौ ।’

माओवादीले जेनजी संघर्ष समितिले बैंकमा गरेको तालाबन्दीमा ऐक्यवद्धता जनाएको छ । ‘पीडितले न्याय नपाएसम्म संघर्षमै रहि रहने प्रतिवद्धता सहित यो प्रेस नोट जारी गरिन्छ’ प्रेस नोटमा भनिएको छ ।

बैंकले आफूलाई दिँदै नदिएको ऋण देखाएर घर लिलाम गरेको विक बताउँछनु । बिकले २०७५ मा बैंकको तत्कालिन कञ्चन डेभलपमेन्ट शाखआबाट घर कर्जामा २९ लाख ५० हजार ऋण लिएका थिए ।

बैंकले त्यहीं ऋणलाई एनएमबी बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएर चुक्ता नगरेको भन्दै घर लिलाम गरेपछि विक परिवार न्याय खोजीमा छन् ।

बैंकले घर बाटो सिफारिश किर्ते गरी लिएको कागज शुक्लाफाँटा नगरपालिका १० बाट बनेको छ । वडा कार्यालयबाट बैंकका कर्मचारीले घर बाटो सिफारिश लिएका थिए । घर बाटो सिफारिश लिने बैंक कर्मचारी विरुद्ध किर्तेमा जाहेरी परेको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडा अहध्यक्ष लाल बहादुर ऐरले बैँकले झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै उक्त सिफारिस रद्द गर्न अर्को पत्र लेखेका छन् ।

एनएमबी बैँक कञ्चनपुरको झलारीबजार शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रूपमा घर लिलामी गरेको दाबी गरेका छन् ।

उनले बैँकमा तालाबन्दी गर्नुभन्दा ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गरे । जेनजी सङ्घर्ष समितिका अगुवा सिजन बहादुर सिंहले जग्गाको काम गर्ने धिरेन्द्र साउँदसँग मिलेर बैँकका कर्मचारीको मिलेमतोमा घर लिलामी गरेको कारण तालाबन्दी गरेको बताए ।

उनले पीडितले न्याय नपाउन्जेलसम्म तालाबन्दी र सङ्घर्षका कार्यक्रम जारी राख्ने बताए ।

विकले शुक्लाफाटा नगरपालिका–१०, झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर झलारी बजारमै रहेको एनएमबी बैँकको शाखामा धितोमा राखी २०७५ साल कात्तिक २० गते होमलोन शीर्षकमा २९ लाख ५० हजार ऋण लिनु भएको थियो ।

१५ वर्षको कर्जा भुक्तानी अवधी राखी लगेको सो ऋणको पाँच वर्षमा विभिन्न समयमा साँवा र व्याज गरी १० लाख तिरिसकेको उहाँको बैँक स्टेटमेन्टबाट देखिन्छ ।

तर बैँकले पत्रमा अहिलेसम्म किस्ता नै नतिरेको उल्लेख गरेको छ । विकले लिएको २९ लाख ५० हजार दिएको ऋण रकम धितो दृष्टिबन्धक लिखतमा भने ३७ लाख उल्लेख गरिएको छ । बैँकले विकलाई दिएको कर्जा स्वीकृत प्रस्तावमा भने २९ लाख ५० हजार ऋण उल्लेख छ ।

विकले ऋणका लागि आफ्नी धर्मपत्नी ज्ञानु विश्वकर्माको नाममा भएको झलारीस्थित ६१६ नम्बर कित्ताको जग्गा र त्यसमा बनेको घर धितो राखेका थिए । त्यहीं धितो रोक्का गरी बैँकले विकलाई ऋण दिएको थियो ।

बैँकबाट लिएको २९ लाख ५० ऋणलाई बैँकले महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख ऋण लिएर किस्ता तिर्न आनाकानी गरेको भन्दै २०८० मा उहाँको घर लिलाम गरेको थियो ।

बैँकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिनु भनी ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैँकमा जाँदा पनि पैसा नबुझेको उनले बताए ।

बैँकले आफूलाई ऋण तिर्न समय नदिई जग्गा दलालसँग सेटिङ गरी घर लिलाम गरेको भन्दै विक परिवार आपत्ति जनाएको छ ।

बैकको सुदूरपश्चिम प्रदेश कार्यालयका तत्कालिन रिकभरी हेड गणेश जोशीले विकलाई साउँद र अर्का व्यक्तिसित कुरा गराएका थिए । उनीहरुमध्ये विकले साउँदसित कुरा गरेन भने अर्का व्यक्तिसित कुरा गर्दा भनाभन भएको थियो ।

विकले बैंकलाई बुझाउन लगेको किस्ता रकम जोशीले बुझ्न अस्वीकार गरी पूरै रकम चुक्ता गर्न पर्ने बताएका थिए । बिकले पूरै ऋण चक्ताका लागि एक साताको समय मागेका थिए । जोशीले त्यसपछि विकलाई साउँद र अन्य व्यक्तिसित कुरा गर्न लगाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...