ghar sansar

कञ्चनपुर सुन चाँदी व्यवसायी संघको अध्यक्षमा दोहोरिए सुनार

little buddha academy
khasi

महेन्द्रनगर । कंचनपुर सुन चादी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छन् । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व सम्मत रुपमा अध्यक्षमा दोहिरिएका हुन् ।

सुनारको अध्यक्षतामा सर्व सम्मत नया समिती चयन गरिएको हो । संघको बरिस्ठ उपाध्यक्षमा ध्रुब निरौला र उपाध्यक्षमा डम्बर गहतराज र मनोज सिह सुनार चयन भएका छ्न ।

,orning glory badhai

संघको महासचिवमा अशोक ठाकुर र सचिवमा अन्जु सुनुवार र कोषाध्यक्षमा सुमित लामिछाने अधिवेशनबाट चयन भएका छ्न ।

नया समितीको सदस्यमा राजेन्द्र पौडेल, रोशन शोब, प्रकाश बिक, मुनिदेबी शाह, चादनी ठाकुर, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मीन बहादुर सुनार र सुरेन्द्र सोब सदस्य भएका छ्न ।

dirghayi clinic

संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोस लामिछानेले अधिवेशन उद्घाटन गरे । संघको १७ औ साधारण सभा तथा सातौ अधिवेशनको अध्यक्षता सुरत बहादुर सुनारले गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष जगदिश निरौला, टेक बहादुर सुनार र उमेश सुनुवारलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लामिछाने र अध्यक्ष सुनारले टिका र खादा लगाएर सम्मान पत्र प्रदान गरे ।

प्रमुख अतिथी लामिछानेले सरकारले आफूहरुको माग वेवास्ता गर्दै आएकोले व्यव्साय संकट्मा परेको बताए ।

उनले संघ जुनसुकै बेला पनि आन्दोलनमा जान सक्ने भएकाले व्यवसायीहरुलाई तयार रहन आग्रह गरे ।

सुन चादी व्यवसाय परापूर्व कालदेखि चल्दै आएर अहिले आधुनिक युग सम्म पुगेको उल्लेख गर्दै उनले सरकारले कच्चा पदार्थको कोटा माग अनुसार दिनु पर्ने बताए ।

बर्दघाट बैठक बाट कच्चा पदार्थको कोटा वढाउन माग गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले अहिले बिश्व राजनितिका कारण व्यवसायमा समस्या परेको वताए ।

Himal dental
सम्बन्धित
Loading...