

महेन्द्रनगर । कञ्चनपुर ३ मा काँग्रेसबाट हरि प्रसाद बोहरा चुनाव लड्ने भएका छन् । काँग्रेस विशेष महाधिवेशनमा सहभागी बोहरालाई उम्मेदवारी मनोनयन दर्ताका दिन उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस अघि कञ्चनपुर ३ मा रमेश लेखक चुनाव लड्ने चर्चा थियो । लेखक अन्तिम समयमा ब्याक भएपछि बोहरा चुनाव लड्न लागेका हुन् ।

काँग्रेस कञ्चनपुरमा लेखक र एनपी साउँदका दुई गुटमा बोहरा लेखक समूहका हुन् । बोहरा काँग्रेस कञ्चनपुरका पूर्व सभापति बोहरा बेदकोट नगरपालिका हुन् ।
कञ्चनपुर ३ मा लेखक सहित शंकर बहादुर चन्द र प्रेम बहादुर विष्ट उम्मेदवारका लागि सिफारिश भएका थिए ।

