

महेन्द्रनगर । नेपाली कांग्रेसले पूर्व गृहमन्त्री रमेश लेखकलाई टिकट नदिएपछि निर्वाचन क्षेत्रमा बबाल मच्चिएको छ ।
कञ्चनपुर ३ को दोधारा चाँदनीमा काँग्रेस कार्यकर्ताले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला दहन गरेका छन् ।

कञ्चनपुर ३ मा पूर्व जिल्ला सभापति हरि प्रसाद बोहरालाई टिकट दिइएको छ । बोहराले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

लेखक यस क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वगृहमन्त्री लेखक निर्वाचित भएका थिए ।
तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति गोपी उपाध्याय,क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउँद उम्मेदवार बनाएको छ ।

